• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

बिग मर्जर सकस : डेढ दर्जन बढीको प्रतिबद्धता, ४ वटाको लाग्यो टुंगो

64x64
नेपाल लाइभ बुधबार, असार २५, २०७६  १६:२८
1140x725

काठमाडौं- पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्र ‘बिग मर्जर’को विषयले तरंगित छ। नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुनै नयाँ व्यवस्था ल्याउने र त्यसका लागि बैंक तथा वित्तीय संस्थामा ‘बिग मर्जर’ आवश्यक रहेको संकेत गरिसकेको छ।

त्यसो त आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्ने  नीति अबलम्बन गरिसकेको छ। सोही अनुसार राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थामा मर्ज तथा प्राप्ति गर्ने विषयलाई प्राथमिकतामा राखेपछि अधिकांश बैंक तथा वित्तीय संस्था आ–आफ्नो ‘पार्टनर’ खोज्न लागिपरेका छन्। निकै कम समय दिएर राष्ट्र बैंकले मर्जरको दबाब सिर्जना गरिसकेपछि उनीहरुलाई ‘असारे चटारो’ जस्तै भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार सम्ममा मर्जका लागि डेढ दर्जन वाणिज्य बैंक र ३ विकास बैंकले प्रतिबद्धता जनाइसकेका छन्। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार १७ वाणिज्य बैंक तथा ३ वटा विकास बैंकले मर्जरका लागि प्रतिबद्धता जनाएका हुन्।

ग्लोबल आइएमई बैंक र जनता बैंकबी मर्जरका लागि ‘एमओयु’ मा हस्ताक्षर भइसकेको छ। त्यसैगरी, एनएमबी बैंक, ओम डेभलपमेन्ट बैंक र सिटिजन्स बैंक सहयोगी विकास बैंकसँग मर्ज हुने टुंगो लागिसकेको छ। 

एनआइसी एसिया, लक्ष्मी बैंक, एसबिआई बैंक, एनसिसी बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सेन्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, कुमारी बैंक, मेगा बैंक, सिभिल बैंक र सनराइज बैंकले कुनै उपयुक्त ‘पार्टनर’ खोजेर मर्जरमा जाने भन्दै राष्ट्र बैंकसँग प्रतिबद्धता जनाइसकेका छन्। त्यसैगरी विकास बैंकतर्फ सांग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकले पनि त्यस्तो प्रतिबद्धता राष्ट्र बैंकसमक्ष बुझाइसकेका छन्। 

मर्जर सकस
पछिल्लो केही वर्षयता बैंक तगा वित्तीय क्षेत्रमा बिग मर्जरको हल्ला चली नै रहेको छ। तीन वर्षअघि न्यूनतम चुक्ता पुँजीको आधार तोकिदिएर राष्ट्र बैंकले अपत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन खोजेको थियो। तर बैंक तथा वित्तीय संस्थाले विभिन्न तरिका अपनाएर त्यो खुड्किला पारे गरे। केही संस्थाहरु मर्ज तथा प्राप्ति भनि भए। तर उल्लेख्य रुपमा संख्या भने घटेन।

बैंक तथा वित्तीय संस्थाहरु धेरै भएका कारण उनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको, वित्तीय अनुशासन कायम हुन नसकेको जस्ता कारण देखाउँदे राष्ट्र बैंकले बिग मर्जरको अवधारणा अगाडि सारेको जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकले मर्जरका लागि बैंक तथा वित्तीय क्षेत्रका संस्थाहरु पनि उत्साहित रहेको जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता निरौला विभिन्न संस्थाले मर्जरका लागि देखाएको प्रतिबद्धताले उनीहरु यसप्रति सकारात्मक रहेको देखाएको बताउँछन्। 

‘अधिकांश वाणिज्य बैंकले मर्जरका लागि प्रतिबद्धता जनाइसकेका छन्। आधिकारिक सहमति हुन बाँकी छ। प्रतिबद्धता जनाएका बैंकले मर्जरकै लागि भने छलफल समितिहरु पनि बनाएका छन्। बैंक–बैंकका यस्ता समितिले एकआपसमा सहमति जुटाउने प्रयास गरिरहेका छन्। जुन सकारात्मक हो,’ निरौला भन्छन्। 

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रबहादुर ढुंगाना ‘बिग मर्जर’को विषयलाई बैंक तथा वित्त क्षेत्रले राष्ट्र बैंकको निर्देशनभन्दा पनि निर्देशनात्मक सुझावका रुपमा लिएको बताउँछन्। ‘राष्ट्र बैंकले सायद ठूला मर्जरकै आवश्यकता देखेर केही नयाँ व्यवस्था ल्याउन लागेको होला। मौद्रिक नीति अगावै मर्जरको निर्णय गरिसक्न पनि भनेको छ। यो एक किसिमले निर्देशनात्मक सुझाव हो,’ उनले भने।

बजेटमार्फत पनि ठूला बैंकलाई मर्जरका लागि प्रोत्साहन गरिनेछ भनेर केही व्यवस्था भएको छ। त्यसैको सिलसिलाका रुपमा राष्ट्र बैंकले यस्तो कदम चाल्न लागेको ढुंगानाको बुझाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी बैंकहरु मर्जरमा गएर संख्यात्मक रुपमा कम बनाउँदा त्यसले कर्जाको ब्याजदर घटाउन सहयोग गर्ने धारणा राख्छन्। 

एनएमबी बैंकले एक महिनाअघि ओम डेभलपमेन्ट बैंकसँग मर्जरका लागि एमओयुमा हस्ताक्षर गरिसकेको छ। संघीय स्वरुपमा एनएमबी बैंकको उपस्थिति तुलनात्मक रुपमा गण्डकी प्रदेशमा कम रहेको र त्यसका लागि पनि ओम विकास बैंकसँगको मर्जर सहयोगीसिद्ध साबित हुने केसीको भनाइ छ। एनएमबी बैंकले ग्रामीण क्षेत्रको बैंकिङ पहुँच विस्तारका लागि ओमसँगको मर्जरलाई ‘रणनीतिक साझेदारीका रुपमा अर्थ्याएको छ। 

बिग मर्जरका लागि नयाँ नीति लिँदा आफूहरुलाई केही प्रोत्साहन हुने गरी कार्यक्रम ल्याइनुपर्ने भन्दै बैंकर्स संघले राष्ट्रबैंकलाई सुझाव पनि दिइसकेको छ। संस्था गाभिएर एकैचोटि नयाँ अवस्थाबाट गुज्रिनुपर्ने अवस्थामा बिग मर्जरसँगै जोडिने गरी राष्ट्र बैंकले केही छुट, सहुलियत जस्ता विषयलाई समेटेर प्रोत्साहनमूलक कार्यक्रममा ल्याउँछ भन्ने आफ्नो बुझाइ रहेको संघका अध्यक्ष ढुंगाना बताउँछन्।

मर्जरपछि मुख्य रुपमा देखिने दुई संस्थाको स्वाप रेसियो अनुपात कायम गर्ने विषय, सिसिडी रेसियो र सञ्चालक समिति छनौट सँगसँगै कर्मचारी व्यवस्थापन जस्ता चुनौतीलाई राष्ट्र बैंकले गम्भीर भएर बुझिदिनुपर्ने बैंकर्स संघको भनाइ छ। यही कुरालाई मध्यनगर गर्दै संघले राष्ट्र बैंकलाई सिसिडी अनुपातको सीमा ८० प्रतिशतभन्दा बढाउनुपर्ने, स्प्रीड दरको सीमामा खुकुलो बनाइदिनुपर्ने, आयकरमा छुट दर र त्यसको अवधि बढाइदिनुपर्ने, सञ्चालक सदस्यहरूको संख्यामा लचकता अपनाइनुपर्ने लगायतका सुझाव लिखित रुपमै दिइसकेको छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्