• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा : सपनाजस्तो प्रेमकथा

64x64
नेपाल लाइभ शनिबार, असार २१, २०७६  ०९:५३
1140x725

भर्खरै घरको ढलान सकिएको थियो। आलो ढलानमा पानी हाल्दै थिएँ पाइपको सहायताले। नागढुङ्गाको देउरालीबाट आएको चिसो हावाले शरीरको तापमान घटाउँदै थियो। मनले भने उसलाई खोज्दै थियो। सोच्दै थिएँ कता गयो होला ऊ।

खबर पनि केही आएको थिएन। नाताले फुपू दिदीको छोरा भए पनि मेरो हितैषी मित्र थियो ऊ। उसको छोटो समयको अनुपस्थिति, उसको नियमित प्रक्रिया नै थियो। तर केही समय यता लामो समयदेखि गायब नै थियो। न त फोनवार्ता भएको थियो, न त फेसबुक च्याट नै। कहीँ कतै हराएको थियो ऊ। 

ढलानमा पानी हालिसकेपछि तल आँगनमा आएँ। उसलाई फोन गर्ने मन भयो। 

पकेटबाट मोबाइल फोन निकालेर फोन डायल गरेँ। 'हेलो, के छ हाल खबर? अनि कस्तो संयोग मिलेको, तिमीलाई नै सम्झँदै थिएँ,' उसले फोन रिसिभ गर्दै भन्यो। यो उसको बानी नै थियो। आफू कहिल्यै नसम्झने, अनि अरुले फोन गरे भने ‘भर्खरै तिमीलाई नै सम्झँदै थिएँ’ भन्ने।  

' ठिकै छु, बरु कता छौ आजकल तिमी? काठमाडौं आउने बेला भएन? तिमी यता नआको पनि धेरै भयो त ?' प्रश्नहरूको आँधीहुरीसँगै गुनासो पोखेँ मैले।  

'भोलि आउँछु म। पिर नगर। भोलि दाजुभाइ मिलेर जमौँला।'  

'ओके , राम्ररी आऊ । शुभयात्रा।' यति भनेर फोन काटेँ। पाकेको खाना खाइसिध्याइ म आफ्नो नियमित काममा ब्यस्त भएँ। भोलिपल्ट बेलुकाको समय। उसको फोन आयो। कोटेश्वरको जाममा फसेको जानकारी दिनलाई रहेछ। ऊ घर आइपुग्दा रात निकै छिप्पिसकेको थियो। खाना खाइसकेपछि बल्ल गफिने मौका मिल्यो। 

'किन आजकल तिमी यता आउन छाड्यौ? भेटघाट नै बन्द गर्‍यौ त?' म उसँग बोल्दै थिएँ।  

Ncell 2
Ncell 2
nimb
nimb

'त्यस्तो केही होइन। अफिसको काममा अलि व्यस्त छु। अफिस पनि काठमाडौं बाहिर छ। आउन जान समस्या भएर मात्र हो।' उसले स्पष्टीकरण दिँदै भन्यो।  

'पहिले पनि उही अफिस, उही ठाउँ, उही बाटो, तर पनि सधैँ काठमाडौं आउने गथ्र्यौ। अनि आजकल त तिमी नियमित छैनौ नि? अनि साँच्चै भाउजूको के छ खबर?' ऊ उपत्यका बाहिर भए पनि उसको पे्रमिका भने स्वयम्भूमा आफ्नो मामाघरमा बस्थिन्।

'सबै कुरा ठिकै थियो, ठिकै छ पनि, तर.....' उसको बोली रोकियो। मैले भाउजूको बारेमा सोध्दा नै  उसको मुहारमा गम्भीरता छाइसकेको थियो। उसको अाँखामा पीडा छाएको महशुस गर्दै थिएँ म। 
'के भयो? उनी कहाँ छिन् र?'  

'हिँड जाऊँ, कतै घुमेर आऊँ,' मेरो प्रश्नलाई पूरै वेवास्ता गर्दै भन्यो। उसको प्रस्तावमा सहमति जनाउँदै ऊसँगै बाहिर निस्किएँ म। केही पाइला अगाडि सारेपछि पुनः उसको प्रेमिकाको बारेमा सोधेँ मैले। ऊ केही नबोलीकन अगाडि बढिरह्यो। एउटा बारको अगाडि पुगेर अडिँदै भन्यो, 'जाऊँ अलिकति ड्रिङ्क्स् लिऊँ, आज मन भयो।'  

Xtrem

Xtrem

'किन? केको खुसीयालीमा?' मैले उसको प्रश्नलाई उपेक्षा गर्दै सोधेँ।  

'खुसीमा पिउन छाडेँ मैले। खुसी त जिन्दगीमा छोटो हुनेरहेछ त्यो पनि पिएर नशामा मदहोश भएर किन खेर फाल्नु।' ऊ बार नजिकै पुगेर मतिर फर्कँदै बोल्यो। 

'वन पेग स्ट्रङ् ह्विस्की विथ आइस, अनि तिमी के लिन्छौ?'   

'सेम एस यू' छोटो उत्तर दिएँ मैले। 

अर्डर दिएपछि ऊ चुपचाप थियो। ऊ सोचमग्न थियो। हामीबीचको मौनता वेटरको आगमनले तोडियो। उसले गिलासबाट अलिकति ह्विस्की पिउँदै भन्यो, 'आज उनी मसँग छैन। हामी एकसाथ छैनौं। त्यही भएर होला काठमाडौं बिरानो लाग्छ आजकल। झन् स्वयम्भूतिरको पाइला त गह्रुङ्गो भएर आउँछ। रुम पनि छाडेँ स्वयम्भूको। साँच्चै भन्नुपर्दा बाटो बन्द गरेँ स्वयम्भूतिरको।'

'कसरी भयो यस्तो?, तिम्रो जन्मदिनसम्म त ठिकै थियो सबकुरा। सँगै थियौ त्यो दिनमा तिमीहरु दुवैजना।' मैले आश्चयचकिर्त हुँदै सोधेँ।  

'खै कसरी भयो भनौं। बस् भयो। उनको इच्छामा हामी अलग छौं। तर पनि मेरो मन मस्तिष्कमा उनी छाइरहेकी छिन्। अझै सम्झँदै छु ती दिनहरू। 

उनीसँगको पहिलो भेट। म स्वयम्भूको एउटा इन्स्टिच्युटमा म्याथ पठाउँथे। उनी त्यही इन्स्टिच्युटमा कम्प्युटर सिक्न आएकी थिइन्। सामाखुसीको एउटा निजी कलेजमा साइन्स पढ्दै थिइन्।

एसएलसी गाउँको सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा पास गरेकी भएकाले उनमा छुट्टै उमङ्ग थियो। साँच्चै भन्नुपर्दा ब्रेन विथ ब्यूटी थिइन् उनी। पहिलो भेटदेखि नै उनले मेरो हृदयमा स्थान बनाइसकेकी थिइन्।  तर उनी आफ्नो पढाइमा व्यस्त भएकाले मैले नजिकिने मौका भने पाइनँ।

कहिलेकाहीँ त्यही इन्स्टिच्युटमा हाम्रो भेट हुँदा मसँगै शिक्षण गर्ने एक मित्रले भने मेरो मनको कुरा बुझेर उनलाई मेरो नाम जोडेर जिस्काउँथे। तर उनी यसमा आफ्नो आपत्ति जनाउँथिन। एकदिन मेरो भर्खरै किनेको बाइकमा बेलुकाको क्लास लिन इन्स्टिच्युटमा गएको थिए। क्लास सकिएपश्चात बाहिर निस्किएँ। उनी पनि आफ्नो कम्प्युटर क्लास सकाएर बाहिर निस्किन्। अनायासै हाम्रा आँखा जुध्न पुगे। केही असहज वातावरण सिर्जना भयो। न मेरो बोली फुट्यो न उनको। मौन खडा थियौं हामी।

'के  हो दुवै जना सँगै? मैलै डिस्टर्ब त गरिन नि? डिस्टर्ब भा’को भए भन है मै गइदिन्छु,' उही मेरो साथीले हामी दुवैलाई जिस्काउँदै भन्यो। म मुस्कुराएँ मात्र। उनी केही लजाइन्। तर पनि आफूलाई सुरक्षित गर्दै भनिन्, 'ह्या त्यस्तो केही होइन। म त तपाईंलाई नै कुर्दै थिएँ।' 

'यो त सब भन्ने कुरा न त हो। के काम छ र मलाई भेट्न,' कमल सर अझै जिस्काउँदै थिए।  

'साँच्चै नै त्यसै भेट भा’को मात्र हो। तपाईंले सोचेजस्तो केही छैन। वी आर जस्ट फ्रेन्ड। है न त ममता?' मनको कुरा दबाएर भए पनि घुमाउरो शैलीमा मित्रताको प्रश्ताव राखे‌ँ मैले। ममताले टाउको हल्लाएर मौन स्वीकृति दिइन्। खासमा उनी अलि उदार खालकी थिइन्। उनी सबैसँग हाँसेरै बोल्थिन्। सबै जनासँग कुरा गर्थिन्। मसँग पनि। सायद म उनको यही कुरामा फिदा भएँ। मलाई उनको हरेक कुरा राम्रो लाग्थ्यो। उनीसँग बिताएका हरेक पल मिठा लाग्थे। म उनीसँग प्रेममा थिएँ। यो निश्चित थियो। 

'खै, मलाई विश्वास भने लागेन,' कमल सर अझै आफ्नो जिस्काइलाई निरन्तरता दिँदै थिए।

'ह्या, तपाईं पनि। अब त अति भो। हिडेँ,' मुहारमा रिस नदेखिए पनि रिसाए झैँ गरेर हिँड्न तयार भइन्। म भने उनी नगइदिए हुन्थ्यो भन्ने चाहन्थेँ। उनीसँग धेरैभन्दा धेरै पल बिताउन मन लाग्थ्यो।  

'पख न, हतार भा’को भए, मिलन सरले बाइकमा पुर्‍याइदिनुहुन्छ नि त। तिमीलाई चढाउन त बाइक किन्नु भा’को रे,' कमल सर अझै जिस्काउँदै थिए। 

'नाई नचढ्ने बाइक, जान्छु म हिँडेरै,' जाने बेलामा भने मतिर हेरेर मामाघरतिरको बाटो लागिन्। 
मलाई पढ्न अनि पढाउनुपर्ने र उनलाई चाहिँ पढ्नुपर्ने भएकाले हाम्रो सम्बन्ध भने कहिँकतै अड्किएर बस्यो। फेसबुकमा भने हामी साथी थियौँ तर च्याट भने कमै हुन्थ्यो व्यस्तताले गर्दा।

करिब दुई बर्षपछि म लोकसेवा परीक्षाको तयारीमा व्यस्त थिएँ। मेरो बसाई पनि उनको मामाघर नजिकै सरेको थियो। उनी आफ्नो प्लस टु सकाएर ब्याचलर ज्वाइन गर्ने सुरमा थिइन्। यस बीचमा हाम्रो देखादेख भएपनि प्रत्यक्ष भेटघाट र बोलचाल भने दैवले जुराएको थिएन। 

एकदिन कमल सरसँग बाइकमा बजारबाट सरसामानहरु लिएर फर्कंदै थिएँ। यसैक्रममा फेरि हाम्रो भेट भयो। भेट के भनौँ देखादेख भयो। आँखा जुध्यो। मनमा आँधीबेहरी चल्यो। एक किसिमको ज्वाला नै रन्क्यो मनमा। लाग्यो संसार नै रोकियो केहीबेरलाई।

बाइक अगाडि गुड्दै थियो मेरो शरीरसँगै। मन भने ममतामै अड्कियो। उनीबाट केही पर पुगेपछि भने मैले बाइक मोडेर उनको अगाडि लगेर रोकेँ। 'हाई के छ ? के गर्दै छौ आजकल ?' मेरा क्याजुअल प्रश्नहरु थिए। 'प्लस टु सकियो। ब्याचलर केमा गर्ने भन्ने सोच्दैछु। हालसालै एउटा स्कुल ज्वाइन गरेको छु। बरु तपाईंको के छ खबर?' ममताको उत्तरसँगै प्रतिप्रश्न पनि आयो। 

'मेरो नयाँ नौलो केही पनि छैन। पहिलेको जस्तै हो। के कति कामले पो आयौ त बजार?' 

'केई नाई, स्कूलको प्रचारप्रसार। अब जाने बेला भयो।' 

'ए, मलाई पनि अलि हतार नै छ। भरे अनलाइनमा भेटौँला। बाई' 

कमल सरको साङ्केतिक इसारामा म पनि हिँड्न खोजेँ। उनले भने टाउको हल्लाएर मौन स्वीकृति दिइन्। अनि मेरो बाइक आफ्नो गन्तव्यतिर अघि बढ्यो।  बेलुकाको च्याट भने नियमित हुन थाल्यो। तर पनि हामीबीचको सम्बन्ध भने घनिष्ठ भइसकेको थिएन। एकदिन कतैबाट ममताले नै पढाउने स्कुलबाट ट्युसन पढाउने अफर आयो। दुई पिरियड। एउटा बिहान अनि अर्को बेलुका। मनमा भने उत्साह थपियो। अब उनीसँगै काम गर्न पाउँदै थिएँ। हाम्रो निरन्तर भेटको बाटो खुलेको थियो। 

आफ्नो मायालाई फलाउने फुलाउने माध्यम भेटेको थिएँ। मात्र मेरो स्वीकृति बाँकी थियो। तर लोकसेवा तयारीमा थिएँ म।  पढ्न समय नपुग्ने हो कि जस्तो लाग्यो। लोकसेवा मेरो जिन्दगीको लक्ष्य थियो भने उनी जिन्दगी। जिन्दगी नै रोजँे मैले।  ट्युसन पढाउन थालेँ। 

एकदिन बेलुकाको ट्युसन क्लास सकिएपछि उनलाई बाइकमा लिएर स्कुल बाहिर निस्किएँ म। 
'कहाँ जाने त अब ?' बाइक स्लो गर्दै सोधेँ। 

'कहाँ जानु नि। घर जाने अब,' सतही असहमति जनाइन् उनले। 

'तिमीसँग कुरा गर्ने मन छ। बोल्ने मन छ। समय व्यतित गर्न मन छ। केही काम पनि छ,' पुनः बोलेँ म। 

'हस्। त्यसो भए तपाईंलाई मन लागेको ठाउँ जाउऊ न।' उनको स्वीकृति पछि मैले बाइक ग्रीन डे रेस्टुरेन्टतिर मोडेँ।  

'के लिन्छौ त?' ग्रीन डे पुगेपछि चेयरमा बस्दै सोधेँ। मेरो प्रायः खाजा खाने रेष्टुरेण्ट थियो ग्रीन डे। 'कफी मात्र'  दुई कप कफी मगाएँ। उनीसँगको पहिलो भेट जहाँ हामी दुई मात्र थियौँ। केही असहज महशुस भयो। बोल्नलाई कुनै शब्द नै भेटिनँ। सायद यत्ति धेरै नर्भस त एसएलसीको रिजल्ट आउँदा पनि भएको थिइनँ होला। हाम्रो टेबल पूरै शान्त थियो। हामी मौन थियौं। हाम्रो मौनता तोड्न कफी लिएर वेटर नै आउनु पर्‍यो। 

'के तिमी मलाई माया गर्छाै? मन पराउँछौ?' हिम्मत गरेर मनको द्धिविधा मेट्न प्रश्न तेर्साएँ उनीसामु।

'यसलाई म तपाईंको प्रश्न मानौँ कि प्रस्ताव?' उनको प्रतिप्रश्न तेर्सियो मसामु।

'जे ठान्दा तिमीलाई सहज हुन्छ र मलाई पनि' 

'मैले प्रश्न मात्र ठानेँ भने नि' 
'के फरक पर्छ र? प्रश्न र प्रश्तावमा? दुवैबाट मैले खोजेको उत्तर पाइहाल्छु।'   
'फरक त छ नि, प्रश्नको उत्तर पश्चात सायद म तपाईंबाट स्वतन्त्र हुन सक्छु तर प्रश्ताव स्वीकारँे भने म तपाईंकै हुन्छु नि।' 

'है , कति कुरा जानेकी। अझ कति कुराउँछौ त?' 

'प्रतीक्षाको फल मिठो हुन्छ। प्रतीक्षा गर्नुस् सकारात्मक सोचसहित।' 

'आशा छ धेरै कुराउँदिनौ भन्ने र मेरै हुन्छौ भन्ने।' बिल तिर्दै भनेँ मैले। उनलाई मामाघर ड्रप गरेर सिधै आफ्नो रुम गएँ। त्यस दिन ममा छुट्टै उमङ्ग थियो। मन उनीसँगै थियो। उनी नै छाइरहेकी थिइन्। खाना पकाउँदा होस् या खाँदा। त्यस दिनबाट हाम्रो सम्बन्धले नयाँ उचाइ लियो। फेसबुक च्याटभन्दा पनि फोन अनि भेटघाट बाक्लियो। सधैँ भेट्थ्यौ हामी। शनिबार पनि। शनिबार बाहेक स्कुल भएको दिन भने समय कम भएकाले हामीले गीतामाता मन्दिरलाई नियमितको गन्तव्य बनाएका थियौं। 

सुन्दर अनि शान्त ठाउँ। सल्लाका ठूलाठूला रुखहरूको छहारी र स्वच्छ हावा। यी गीतामाता मन्दिरका विशेषता थिए। अझ उनी मसँग हुनु मलाई स्वर्णिम पलको अनुभूति हुन्थ्यो।

एकदिन त्यहीँ बस्दै गर्दा सोधेँ, 'तिमीले हाम्रो सम्बन्धको बारेमा घरमा भन्यौ त?'  
'नाइ छैन। मार्नुहुन्छ घरमा। के भन्ने र?' उनी डराउँदै बोलिन्।  

'अनि के गर्ने त अब?' 

'पहिला तपाईं सेटल हुुनुस्। अनि मेरो घरमा कुरा गर्ने आधार हुन्छ।' उनको कुरामा असन्तुष्टि पोख्ने ठाउँ थिएन। सामान्य बोर्डिङ स्कुलमा काम गर्ने व्यक्तिलाई आफ्नी छोरी दिन पनि मनले मान्दैन थियो। उनका अभिभावकलाई। एकदिन उनी आफ्नो साथीको विवाहमा सरिक हुन सजिएर आएकी थिइन्। त्यो दिन अरु दिनजस्तै थियो।

मौसम पनि अरु दिन झैँ नै थियो। ममा पनि कुनै परिवर्तन थिएन। तर, त्यस दिन उनी फरक देखिएकी थिइन्। उनले आफ्नो पूरानो आवरण छोडेर नयाँ आवरणले आफूलाई सुसज्जित गरेकी थिइन्। साँच्चै भन्नुपर्दा उनी स्वर्गको अप्सरा देखिएकी थिइन्। हुनतः उनी त्यसै राम्री थिइन्।

चन्द्र जस्तो मुहार थियो। कोइली जस्तो बोली। मृगनयनी आँखा। अनि उनको भद्र व्यवहार। भनिन्छ नि, चन्द्रमामा त दाग भेटिन्छ। तर, उनको हकमा यी कुराहरू निरर्थक थिए। उनको मन्द मुस्कानमा उनको च्यापूको कालो कोठीले सुनमा सुगन्ध थपेको थियो। हुन त उनी कुनै श्रृङ्गार बिना पनि परीजस्तै थिइन्। तर श्रृङ्गारको आवरणमा उनी अझ चम्किएकी थिइन्। उजेलिएकी थिइन्। 

मेरो फोनको घण्टीले उसको कथाको वेगलाई रोकिदियो। फोन पकेटबाट निकालेँ अनि हेरेँ। घरबाट ममीको फोन रहेछ। घर बोलाउनु भयो ममीले। बिल क्लिएर गरेर घरतिर लाग्यौं हामी। दुवै जना नशामा थियौं। घर पुग्नासाथ सुत्न गइयो। निदाइयो।  

भोलिपल्ट बिहानै मेरो निद्रा खुल्दा ऊ अगाडि नै उठिसकेको रहेछ। मेरो ममी अर्थात् उसको माइजूसँग गफिँदै थियो। म आफ्नो नित्यकर्म सकाएर चिया बनाउन आटेँ।

'चिया बनाऊँ तिमीलाई पनि?' मैले किट्ली ग्याँस चूल्होमा बसाल्दै सोधेँ उसलाई।  

'बनाऊ। चिसो छ मौसम। शरीर न्यानो बनाऊँ तातो चियाले।'

'मलाई पनि बना है,' ममी पनि बोल्नुभयो। 

'अनि भान्जा बाबु उमेर त पुग्यो नि बिहे गर्ने होइन? बिहे गर्ने मन भएत केटी खोज्न थाल्नुपर्‍यो।' 

'खै माइजू, उमेर त भयो, तर राम्ररी सेटल भा’को छैन म। श्रीमती कसरी पाल्ने?'

'बिहे गरेपछि आफैं पालिन्छन्। कि तपाईंले पहिले नै मन परा’को केटीको घरमा कुरा गरुँ?' ममीको नयाँ प्रस्ताव थियो ऊमाथि। पहिले ऊ मेरो मामाको छोरीलाई मन पराउँथ्यो। सायद ममीले बिर्सनुभएको रहेनछ। 

'त्यो त बच्चा बेलाको कुरा हो नि माइजू। कोही आउलिन् नि,' छोटो बोल्यो ऊ। ममीलाई के थाहा त्यो कोही आएर पनि गइसकिन् उसको जिन्दगीबाट भनेर।

'लौ भान्जा बाबु, मैले के भन्नु? तपाईं झन् पढेलेखेको मान्छे। हामीभन्दा बुझ्ने हुनुहुन्छ। जे होस् राम्रो होस् तपाईंको।' चियाको कप लिँदै बोल्नुभयो। 

'बरु देवेन्द्रको बारेमा पो  सोच्ने हो कि? तपाईंलाई पनि त बुहारी चाहियो नि।' उसको उट्पट्याङ प्रस्ताव थियो।  

'उसको त माया छ नि। त्यहीँ तलको। भित्र्याउने पो कहिले हो? एकचोटि देख्न........' ममी बोल्दै हुनुहुन्थ्यो मैले उसलाई तानेर मेरो रुममा लगेँ।

'तिमीले पो बिहे गर्नुपर्ने बेला भएछ त। कहिले भित्र्याउने बुहारी?'

'दाइ हुँदाहुँदै भाइको पालो आउँदैन हाम्रो चलनमा।' 

'म त तिम्रो फूपू दिदीको छोरा हो नि।'  

'भए पनि मेरो आफ्नो दाइ नै लाग्छ। अब बिहे गर। उनलाई भुल्न पनि सहज होला।'

'खै अब त वैवाहिक बन्धनजस्तो अमूल्य बन्धनमा बाँधिने न त रहर छ न त सामथ्र्य नै।' उसले पीडादायी उत्तर दियो। खाना खाइसकेपछि घुम्न जाने योजना बनाए पनि दिनभरि सुतेरै बितायौं। 

बेलुकीको कार्यक्रमको चाँजोपाँजो भने अगाडि नै मिलाइसकेका थियौं। खाना खाइसकेपछि ढलानमा गयौं दुवै जना। हातमा रेड वाइनको ग्लास लिँदै म बोलेँ, 'अनि कसरी तिमीहरू छुट्टियौ?'

'उनीसँगका दिनहरु राम्रै बित्दै थिए। बिदाका दिनहरूमा टाढाका गन्तव्यहरूलाई आफ्नो गन्तब्य बनाउँथ्यौं। कहिले धुलिखेल त कहिले साँगा, अनि कहिले काठमाडौं बाहिर। एकान्तमा हुन्थ्यौं हामी। आफ्ना ससाना कुराहरू शेयर गथ्र्याैं। माया साटासाट गथ्र्यौं। हामी एकअर्कामा बाँच्थ्यौं। उनी बिना म अधुरो, म बिना उनी अधुरो जस्तो अनुभव हुन्थ्यो। साँच्चै म उनीबिना बाँच्न नसक्ने भइसकेको थिएँ। 

बैसाख ५, मेरो जन्मदिन। हाम्रो अन्तिम भेट। त्यो अन्तिम पल। उनी सेतो टिसर्ट अनि निलो जिन्समा बसबाट ओर्लिन्। कलेजबाट आएकी थिइन्। मैले उनलाई बाइकमा राखेर उही हाम्रो विशेष स्थानमा लगें। जन्मदिनको सामान्य सेलिब्रेसन पछाडि छुट्टियौं हामी।

खासमा कुनै पनि कुरालाई सामान्य सेलिब्रेट गर्ने दुवैको बानी थियो।  बिस्तारै दिनहरू बित्दै जाँदा हामीबीचको कुराकानी पातलिँदै गयो। म पनि काठमाडौं बाहिर काम गर्न थालेँ। परीक्षाको चाप पनि आयो। परीक्षा सकाएर जब उनलाई सम्पर्क गर्न खोजेँ, उनी सम्पर्कमा आइनन्। कति कल गरेँ, रिसिभ भएन। म्यासेज रिप्लाई भएन। साइन्सले भन्थ्यो, हरेक क्रियाको कारण अवश्य हुन्छ। 

म अनभिज्ञ थिएँ, उनी मसँग टाढा हुनुमा। पहिला एक्लो थिएँ, तर खुसी थिएँ। बस् प्रतीक्षारत थियो यो जिन्दगी उनको। आज पनि एक्लै छु, तर अलिकति पनि खुसी छैन।' ऊ बोल्दै गर्दा उसका आँखामा आँसु देखिए। 

म झनै मौन थिएँ उसको यो हालत देखेर। उसलाई सामान्य सान्त्वना दिन बाहेक अरु केही गर्न सकिनँ।  रात निकै भएकाले दुवै जना सुत्न गयौं। 

बिहान उठेर हेर्दा ऊ गइसकेको रहेछ। ऊ गएको कसैलाई पनि भान नै भएन। उसले थाहा नै दिएन। करिब आठ बजेको हुँदो हो, मोबाइलको घण्टी बज्यो। भन्दै थियो, आज देखेँ मैले उनलाई। धेरै खुसी देखिन्थिन्। आँखामा उही चमक, उही उज्यालो अनुहार।

आज पनि उनको आँखामा उही माया देखेँ। उनको खुसीमा म झनै खुसी भएँ। उनी पनि अझै प्रेममा रहिछिन्। फरक त्यति मात्र थियो कि उनी अर्को केटाको प्रेममा थिइन्। उसैसँग खुसी थिइन्। व्यस्त थिइन्। जसरी पहिला मसँग हुन्थिन्।

०००

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्