• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रेडक्रसको कार्यसमिति भंग गर्न गत वर्ष नै छानबिन समितिले सुझाव दिएको खुलासा

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  १८:११
1140x725

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न समाज कल्याण परिषदले गठन गरेको छानबिन समितिले सञ्जीव थापा अध्यक्ष रहेको कार्यसमितिलाई भंग गर्न सुझाव दिएको ढिलो गरी सार्वजनिक भएको छ। 

२०७३ चैतमा समाज कल्याण परिषदले ५ सदस्यीय छानबिन आयोग गठन गर्ने निर्णय गरिएको थियो।

लामो समयसम्म सार्वजनिक नगरिएको प्रतिवेदनमा थापाको नेतृत्वमा रहेको रेडक्रस सोसाइटीलाई भंग गर्न सुझाव दिएको हो। गैरजिम्म्मेवार कार्य गरेको, आर्थिक पारदर्शिता नभएको प्रचलित कानुन विपरीत सेवा सुविधा लिएको उल्लेख गर्दै संस्था विघटन गर्न समाज कल्याण परिषदलाई प्रतिवेदन बुझाएको थियो।

लक्ष्मी कुमारी कोइराला संयोजक रहेको समितिले ‘संस्थाका पदाधिकारीले भूकम्प पश्चात् लामो समयसम्म पनि कार्यसमितिको बैठक नबसी गैर-जिम्मेवार तबरले वैदेशिक सहयोग परिचालन गरेको,परिषदबाट विभिन्न समयमा दिएका सुझाव कार्यान्वयन नगरेको, प्रचलित कानून विपरीत सेवा सुविधा लिएको जस्ता कार्य देखिएकोले समाज कल्यााण ऐन २०४९ को दफा २० बमोजिम विद्यमान कार्यसमिति विघटन गर्न’ सुझाव दिएको छ।

छानबिन समितिले जिम्मेवार पदमा बसेका व्यक्तिले नियामक निकायले दिएका सुझाव कार्यान्वयन नगरेको जनाएको छ। साथै, नियम विपरित सेवा सुविधा लिने पदाधिकारीलाई निश्चित समयसम्मका लागि अयोग्य घोषणा गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो।

भूकम्प पश्चात् पुर्नस्थापना र पुर्ननिर्माणको लागि दाताबाट ९ अर्ब रकम नेपाल रेडक्रसलाई रकम प्राप्त भएपनि भूकम्प प्रभावितको लागि प्राप्त रकम अनुसार काम नभएको जनाएको छ। दाताबाट प्राप्त रकमबाट पदाधिकारीले मनपरि खर्च गरेको उल्लेख गरिएको छ। दाताबाट प्राप्त रकम मध्य २४ करोड ५० लाख रुपैयाँ व्यक्तिगत प्रयोजनमा खर्च भएको थियो। 

रेडक्रसको अन्तराष्ट्रिय मापदण्ड विपरीत पदाधिकारीले मासिक तलबकै रुपमा अनररियम लिएको खुलेको छ। अध्यक्ष थापाले मासिक एक लाख २५ हजार, उपाध्यक्ष अनिल कुमार शर्माले मासिक ४० हजार, महासचिव देवरत्न धाख्वाले ९८ हजार ३४९, कोषाध्यक्ष देवेन्द्र प्रधानले ६३ हजार ३४९ रुपैयाँ लिएको उल्लेख छ। अचम्म लाग्ने विषय के छ भने क्यानाडा बसेका प्रधानले मासिक अनररियम (सेवा सुविधा) बुझेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

थापा नेतृत्वको कार्यसमितिले समान श्रेणीका अन्य कर्मचारी भन्दा आफन्तहरुलाई बढि पारिश्रमिक उपलब्ध गराइएको थियो। 

सुविधाजनक गाडीमा अनावश्यक खर्च गरी आर्थिक अनियमितता गरेको समितिको प्रतिवेदनमा उल्लेख छ।

नेपाल रेडक्रस सोसाइटी संस्था दर्ता ऐन अनुसार दर्ता भएपनि कानुनी प्रावधान कुल्चेको समितिको ठहर छ। विदेशी संस्था,अन्तराष्ट्रिय सामाजिक संघ संस्थाबाट सहयोग प्राप्त गर्न चाहेको कार्य र परियोजनाको प्रस्ताव स्वीकृत गर्नुपर्ने प्रावधानलाई वेवास्ता गरेको प्रतिवेदनमा उल्लेख छ।

जिल्ला शाखाहरुले आन्तरिक र बाह्य सहयोग जुटाई संचालन गरेका कार्यक्रमको दायित्व ग्रहण नेपाल रेडक्रसले नगरेको औंल्याइएको छ। साथै,रेडक्रसको स्वामित्वमा रहेको घर जग्गा,सम्पतिको आर्थिक कारोवारको बैधानिक रुपमा उत्तरदायित्व र जवाफदेहिता नदेखिएको जनाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

परियोजनाहरुको कार्यक्रमहरु कार्यान्वयन नभएपनि प्रशासनिक र कर्मचारीमा तलबमा मात्रै रकम खर्च सकिने गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। 

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकाललाई भुकम्प पश्चात भूकम्प प्रतिकार्य परिचालन एकाईको प्रमुख बनाइएको थियो। रेडक्रसको विधानमा २ वर्षभन्दा बढी बेतलबी बस्न नपाइने व्यवस्थालाई कुल्चँदै ढकाल ३ वर्ष आइएफआरसीको लागि बैंककमा कार्यरत रहे। आइएफआरसीका लागि खटिएका ढकालले दोहोरो सुविधा लिएको खुलेको छ। 

विदेश भ्रमण, जिल्लाका कार्यक्रम भत्ता, बैठक खर्च, चितवनमा होटल खर्च, खरिद प्रक्रिया लगायतका विषयमा थापा नेतृत्वको कार्यसमितिले अनियमितता गरेको निष्कर्ष निकालेको छ। 

अनियमिताका उजुरी अख्तियार, गृह, परराष्ट्र र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा परेपछि थापा नेतृत्वको कार्यसमितिलाई जिल्ला प्रशासन काठमाडौंले भंग गरेको थियो।

गत बैशाख २३ देखि २५ सम्म धरानमा तोकिएको साधारणसभा निर्वाचन कार्यक्रम प्रशासनको पत्रले रोकिएको थियो। त्यसयता अध्यक्ष थापालाई लिखित र मौखिक गरि जिल्ला प्रशासन कार्यालयले रेडक्रस भित्रको अनियमिताबारे पटक पटक सोधपुछ गरिसकेको छ।  

जेठ ६ मा प्रशासनले थापा नेतृत्वको कार्यसमिति भंग गरेपछि डा विश्वकेशर मास्केको नेतृत्वमा नयाँ तदर्थ समिति चयन गरेको थियो। थापा नयाँ तदर्थ समितिको चयन प्रति सहमत हुन सकेनन्।

सर्वोच्चको आडमा नेपाल रेडक्रसमा आधिपत्य जमाउँदै आएका थापा प्रशासनलाई चुनौती दिदै सर्वोच्च अदालत पुगे। भ्रष्टाचारी आरोपी थापाले जेठ २० मा सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै मुद्धा दायर गरे। थापाकै पक्षमा अन्तरिम आदेश सर्वोच्चले सुनायो। 

गतवर्ष थापासँग व्यक्तिगत सम्बन्ध रहेको भन्दै इजलास छोडेका न्यायाधीस प्रकाश राउत नै उक्त मुद्दाको आदेश दिएका थिए। ल फर्ममा रहँदा थापालाई कानुनी परामर्श दिएका राउतले रेडक्रसवादी मुद्दा हेर्न नमिल्ने भन्दै गत वर्ष पन्छिएका थिए। परामर्श र कानुनी सेवा दिएबापत राउतले सेवा सुल्क पनि लिएका थिए।

मुद्दाको अन्तिम सुनुवाईको लागि गत मंगलबारलाई तोकिएको थियो। मंगलबार सुनुवाई हुन नसकेपछि आगामी आइतबारका लागि पेसी तोकिएको छ। 

सम्बन्धित समाचार : 

भ्रष्टाचार आरोपी रेडक्रसका थापाका पक्षमा सर्वोच्चको आदेश

रेडक्रस विवाद : 'हेर्न नमिल्ने' भनेका सर्वोच्चका न्यायाधीशले नै जारी गरे अन्तरिम आदेश

नेपाल रेडक्रसमा बेथितिको चाङ, विवाद बढेपछि साधारणसभा अनिश्चित

नेपाल रेडक्रसमा बेथिति-२ : यसरी अवैधानिक बन्यो रेडक्रस

रेडक्रस : सञ्जीव थापाको नेतृत्वको कार्यसमिति भंग, १७ सदस्यीय तदर्थ समिति गठन

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्