काठमाडौं- मारुती सुजुकीको चर्चित कार मोडल माइक्रो एसयुभी एसप्रेसो सार्वजनिक भएको छ।
मरुती सुुजुकीले फ्युचर ‘एस’ कन्सेप्टमा बनाएको एसप्रेसो नेपाली बजारमा भित्रिएको हो।
एसप्रेसो नेपाली बजारमा स्टान्डर्ड, एलएक्सआई, भिएक्सआई र भिएक्सआई प्लस गरी चार भेरियन्टमा उपलब्ध छ।
कम्पनीले स्टायडर्ड भेरियन्टको मूल्य २२ लाख ९९ हजार रहेको छ भने, हाइ भेरियन्ट भिएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, यसको एलएक्सआई भेरियन्ट २३ लाख ९९ हजार र भिएक्सआई २४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुनेछ। एसप्रेसो विभिन्न ६ रंगमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्मित एसप्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ। जसले ८२ बिएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ। यसको इन्जिनमा पाँच स्पिड गियरबक्स उपलब्ध छ।
एसप्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ। यसको ह्वीलवेस २४२२ एमएम रहेको छ। २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ। यसमा १ सय ८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ।
विशेषता
एस प्रेसोमा एयर कन्डिसनरको सुविधासँगै पावर स्टेयरिङ, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ।
यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विशेषता छन्।
कारमा एबिएस, इबिडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को-ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ। एस-प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ।
मरुती सुवजुकी एसप्रेसो नारायणी अटो बिजनेसले समेत सफ्ट लन्च गरेको हो।
यो माइक्रो एसयुभी उपभोक्ताको रोजाईमा पर्ने नारायणी अटो विजनेशका प्रवन्ध निर्देशक अनुपकुमार बरालले बताए।
‘कारलाई कम्पनीले ‘माइ फस्ट एसयुभी’कोे रुपमा प्रवर्द्धन गरेको छ,’ उनले भने, ‘एसप्रेसो चढ्ने उपभोक्ताले यसलाई आफ्नो एसयुभीको रुपमा लिनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।