धनगढी- सुदूरपश्चिम प्रदेशमा नै पहिलोपटक धनगढीमा ५ करोड लागतमा अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको छ।
धनगढी पुरानो भन्सार रोडमा अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको हो।
अस्पताल तथा अन्य उद्योगका लागि आवश्यक पर्ने अक्सिजनको आपूर्तिका लागि प्रदेशलाई नै आत्मनिर्भर बनाउने उद्देश्यले धनगढीमा अक्सिजन ग्यास उद्योग स्थापना गरिएको मालिका अक्सिजन ग्यास उद्योगका सञ्चालक हिक्मत शाहले बताए।
प्रदेशमा एक पनि ग्याँस उद्योग नभएर कतिपय बिरामीको अक्सिजन अभावमा मृत्यु हुने समस्या रहेकाले आफूले एकल लगानीमा ग्यास उद्योग सञ्चालन गरेको उनले बताए।
बुधबार उक्त ग्यास उद्योगकाको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले अक्सिजन ग्यास उद्योगले औद्योगिकभन्दा मानवीय सेवामा बढी सहयोग पुर्याउने बताए।
अहिले सुदूरपश्चिममा काठमाडौँ, विराटनगर, भैरहवालगायत क्षेत्रबाट अक्सिजन ल्याइँदै आएको थियो।
अब भने सुदूरपश्चिमलाई आवश्यक पर्ने जति अक्सिजन मालिका ग्यास उद्योगले आपूर्ति गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।