काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ता गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई नेतालाई खटाएका छन्।
संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेललाई नेपालसँगको वार्ताका लागि खटाइएको छ। उनीहरू सिंहदरबार पुगिसकेका छन्। एमालेका वरिष्ठ नेता नेपालसहित उनी पक्षका १५ जनाभन्दा बढी सांसद यसअघि नै सिंहदरबार पुगिसकेका थिए।
नेताहरूबीच संसद सचिवालय सिंहदरबारमा वार्ता हुनेछ। नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको तयारी गरेपछि ओलीले वार्ताका लागि आफ्ना दुई विश्वास पात्रलाई पठाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।