काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना लडाइँमा नेपाललाई सघाउन विश्व समुदाय समक्षअपिल गरेका छन्।
शनिबार ‘सिएनएन इन्टरनेशनल’लाई अन्तर्वार्ता दिँदै उनले सो अपिल गरेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत दिएको जानकारी अनुसार अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा ‘नेपालमा कोभिड १९ महामारी विरूद्धको लडाइँ नियन्त्रणमै रहेको बताएका थिए।
शनिबार दिउँसो १२:०१ बजे ओलीले ‘लाइभ’ अन्तर्वार्ता दिएका हुन्। पछिल्ला दिनमा नेपालमा दैनिक ९ हजारको हाराहारीमा संक्रमण पुष्टि भइरहेकाे छ।
त्यस्तै, देशभर कोरोना संक्रमितले अस्पतालमा बेड नपाएको, अक्सिजन नपाएको तथा उपचार नपाएर मृत्यु भएका खबर सार्वजनिक हुन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।