काठमाडौं– कीर्तिपुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दै छ। नेपालले मलेसियाविरुद्ध टस जितेर फिल्डिङ गरेको छ।
नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन भएका छन्। शुक्रबार नेदरल्याण्डसँगको खेलमा टिममा रहेका आरिफ शेख आज बाहिरिएका छन्। उनको स्थानमा कुशल मल्ललाई प्लेइङ सेटमा राखिएको छ।
यसअघि नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा कशुल भुर्तेल, आसिफ शेख र शाहब आलमले टी–२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।