काठमाडौं– विश्वभर कोभिडको दोस्रो लहर सुरु भएको छ। नेपालमा पनि दोस्रो लहर सुरु भएको छ।
नेपालले पनि दोस्रो लहरको कोरोना नियन्त्रणमा लागि केही क्षेत्रमा कडाइ गर्न थालिसकेको छ। तर, हिमाल आरोहणमा पनि उत्साह बढिरहेको छ।
हिमाल आरोहणमा विगतका वर्षहरुमा जस्तो उत्साह नभएपनि सन्तोषजनक नै रहेको पर्यटन विभागका निर्देशक मीरा आर्चायले जानकारी दिइन्।
अहिलेसम्म १६ वटा हिमाल आरोहणका लागि ६ सय ५४ जनाले परमिट लिइसकेका छन्। त्यसमा पनि विश्वको अग्लो शिखर सगरमाथा आरोहणका लागि ३ सय ६६ जनाले परमिट लिइसकेका छन्। हिमाल आरोहणका लागि परमिट लिएका अधिकांश सगरमाथाको आधार शिविरमा पुगिसकेका छन् भने केही टोली बाटोमा र केही जाने तयारीमा रहेको आर्चायले जानकारी दिइन्।
उनका अनुसार ७५ प्रतिशत भन्दा बढी सगरमाथा आरोहणका लागि आधार शिविरमा पुगिसकेका छन्। सगरमाथा आरोहणका लागि अहिलेसम्म २ सय ७९ पुरुष र ८७ जना महिलाले आरोहण अनुमति लिइसकेका छन्।
१६ हिमाल आरोहणका लागि रुटपरमिट लिएका मध्ये ७३ टिममा ५ सय ६ जना पुरुष र १ सय ४८ जना महिला रहेको छन। हिमाल आरोहणबाट मात्रै सरकारले ४८ करोड ७७ लाख २ सय ३८ रुपैयाँ रोयल्टी संकलन गरेको छ।
कुन हिमाल आरोहणका लागि कतिले लिए परमिट?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।