• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
64x64
भानु बोखिम सोमबार, वैशाख ६, २०७८  ०८:०२
1140x725

घटना अहिलेको होइन, झण्डै तीन वर्ष पहिलेको हो। अहिले यो कुरा किन उठाइएको हो भने त्यसबेला खुल्न बाँकी धेरै कुरा अहिले खुलेका छन्। र, यो घटनाले हाम्रो समाजको विद्रुप चेहरा उजागर गरेको छ।

यो कालीकोटको घटना हो। यसैपनि देशकै विकटमध्येको ठाउँ हो कालीकोट। जहाँ अरु कैयौं कुरीति जस्तै जातका आधारमा हुने भेदभाव र छुवाछुत पनि छ। बेलाबेलामा त्यो कुरीति यसरी देखापर्छ कि संविधान र तदनुरुप बनेका ऐन र कानुनले समाजलाई दिशानिर्देश गर्छ भन्ने मान्यता नै खल्बलिन पुग्छ।

संविधान र कानुनको उद्देश्य विधिको शासन स्थापित गर्दै मानव अधिकारको रक्षा गर्नु हो। तर, संविधान र ऐन-कानुनले परिकल्पना गर्दैमा समाज स्वतः रूपान्तरण नहुँदोरहेछ। त्यसकै दृष्टान्त हो, कालीकोटको नरहरीनाथ गाउँपालिका-९ की वडा सदस्य मना सार्कीको हत्या। संविधान र कानुनले बर्जित गरेको जातीय छुवाछुतप्रेरित सोच र समाजका केही व्यक्तिको अहंले कलिलैमा मनाको जीवनयात्रा टुंगियो। उनले देखेका कैयौं सपनाहरूको असमयमै हत्या भयो।

कालीकोटमा निमोठिएकी मुना, मना
टेलिभिजन कार्यक्रम ‘ऐना’का लागि २०७७ मंसिरमा कालीकोटको लालु पुग्ने मौका जुरेको थियो। यो यात्रा पंक्तिकारका लागि मिडियामा आएका भन्दा धेरै कुरा बुझ्ने र कालीकोटका गाउँमा विद्यमान जातीय छुवाछुतलाई प्रत्यक्ष अनुभूत गर्न अर्थपूर्ण बन्यो। 

लालुको यात्रा कर्णाली राजमार्गमा पर्ने जिते भन्ने ठाउँबाट कर्णाली तरेपछि अघि बढ्छ। करिब चार घन्टाको पैदल यात्रामा पुगिने लालुसम्म गाडी पुगको छैन। ठाउँ-ठाउँमा कच्ची सडक छ तर, कर्णाली नदीमा पुल नहुँदा त्यहाँ गाडी पुग्दैन। हिँड्दै जाँदा मनाको घरनजिकै एक ठकुरी युवा भेटिए। मना सार्कीको बारेमा कुरा निकाल्नेबित्तिकै उनको चेहराको रङ एक्कासी बदलियो। उनले मना सार्कीको हत्या ‘मिडियामा आएजस्तो जातीय विभेदले नभएको’ दाबी गरे तर, हत्याको अरु कारण के थियो भनेर केही खुलाउन सकेनन्। बरु दाबी गरे- ‘हाम्रो गाउँ लालुमा जातीय विभेदको नामोनिसानै छैन।’

मनाको कान्छो छोरा विशाललाई भेटेपछि धेरै कुरा प्रष्ट हुँदै गए। 

लालु त्यो गाउँ रहेछ जहाँ कालीकोटमै सबभन्दा धेरै जातीय छुवाछुत र विभेद छ। विशालले आमा मनाले चुनाव जितेकै दिन धम्कीको सामना गर्नुपरेको सुनाए। त्यो धम्कीको कारण जातीय छुवाछुत थियो। विशालले भने, ‘रातो टिका लगाएर आइस्, कालो टिका लगाएर आउने बनाउँछौ भन्नेहरू पनि थिए।’

त्यो समय त जसोतसो बितेर गयो। तर, मनामाथि २०७५ जेठ १९ गते सार्वजनिक धारा छोएको निहुँमा कुटपिट भयो। त्यसदिन स्थानीय ठकुरी समुदायका केही महिलाले आमालाई लखेट्दै पिटेको विशालले सुनाए। त्यही क्रममा घरनजिक पुगेपछि मनालाई विशाल र (दलित समुदायकै) केही छिमेकीले छुटाएर घर ल्याएका थिए। घरमा ल्याएको केही समयपछि उनको मृत्यु भयो। 

समयअनुसार फेरिन नसकेको समाजको कुरीतिप्रेरित भएपनि मनाको हत्या जघन्य अपराध हो। वर्णाश्रममा आधारित समाजमा दलितहरू समाजको तल्लो खुड्किलोमा मात्र थिएनन्। उनीहरूलाई अछुतको दर्जा पनि दिइएको थियो। यस्तो गलत सामाजिक अभ्यासलाई जंगबहादुर राणाले १९१० को मुलुकी ऐनबाट कानुनी मान्यता दिए। जंगबहादुरको मुलुकी ऐनलाई राजा महेन्द्रको मुलुकी ऐनले विस्थापन गरेको मान्ने हो भने यो पूरै १ सय १० वर्ष चल्यो। दोश्रो मुलुकी ऐनले जातीय विभेदलाई मान्यता त दिएन तर, धार्मिक मान्यता र दैवी शक्तिमा विश्वास गर्ने समाजको सोच बदल्न खास पहल पनि गरेन। 

एक शताब्दी लामो समय कानुनी मान्यता पाएर छुवाछुत र जात व्यवस्था झांगिएको थियो। त्यसकारण पनि यसखाले मनोविज्ञान सजिलै परिवर्तन हुनेवाला थिएन। यसलाई साँच्चै परिवर्तन गर्न चाहेको भए व्यापक जनचेतना बढाउनुपर्थ्यो। विभेद विरुद्धका र विभेद न्यूनीकरण गर्ने अभ्यास तथा क्रियाकलापलाई प्रोत्साहन गर्नुपर्थ्यो। तर, कानुनी व्यवस्था मात्र गरेर सरकारले त्यसनिम्ति पहल गरेन। परिणाम, अझैपनि एकथरी मानिसले अर्काेथरीलाई अछुत देखिरहने, त्यही सोचका कारण मना सार्की जस्ता कैयौंले ज्यान गुमाउनुपर्ने नियति रोकिएको छैन।  

अघि बढ्न खोजेका पाइलामै छेकबार 
मनाको जीवनयात्रा टुंगिनु दलित समुदायका एक सदस्यको हत्या मात्र थिएन। बरु यो त दलित समुदायबाट अगाडि बढ्न हौसला राख्ने, ऊर्जाशील हुन खोज्ने जोकोहीको उत्साहमा छेकबार लगाउने प्रयत्न थियो। संविधानले सराबर भन्दैमा ‘तिमी सराबर छैनौ’ भन्ने सन्देश थियो। निश्चय नै यस्तो सोच सबैतिर छैन, समाज विस्तारै उदार बन्ने यात्रामै छ। त्यहीकारण यस्तो सोचको आयू पनि छोटिँदै जानेछ। तर, ‘समान हुँ’ भन्ने र समान नदेख्नेबीचको द्वन्द्वले दुःखान्त घटनाको शृंखला तत्काल रोकिने देखिँदैन। अनि यस्ता घटनाले जन्माउने आक्रोशले विभेदकारी सोच र अभ्यासको आयु अझ द्रुत गतिमा छोट्याउनेछ। तर, सम्बन्धित परिवार वा खास ठाउँका मानिसले आफन्त गुमाउने, आत्मसम्मान अनुभूति गर्न नपाउने चक्र पनि चलिरहनेछ।

मनाको हत्याले उनको परिवारको भविष्य धर्मराएको छ। उनको संघर्षमा विराम लागेसँगै सपनाहरू टुंगिएका छन्। मनाका श्रीमान भारतमा मजदूरी गर्छन्। आइएस्सी पढेका उनका जेठा छोरा पनि अब उतै जाने सोचमा छन्। भारतमा मजदुरी गर्न जानु कालीकोटका धेरैको बाध्यता हो। त्यसमा पनि दलित समुदायका लागि रोजीरोटीका निम्ति भारतको मजदूरी निर्विकल्प जस्तै छ। 

नागरिकताअनुसार मनाको जन्ममिति २०१९ साल हो। तर, यथार्थ चाहिँ अझ दर्दनाक छ। उनको नाम र जन्ममिति दुवै आफ्नो होइन। मना सार्की खासमा उनका श्रीमानकी पहिलो श्रीमतीको नाम थियो। पहिलो श्रीमतीको मृत्यु भएपछि त्यही नागरिकतामै अर्को मना सार्कीका रूपमा उनको जन्म भयो। तर, उनको वास्तविक उमेर झण्डै १० वर्ष कम थियो। अर्थात् २०७४ सालको स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुनिएकी मनाको नाम आफ्नो थिएन। अनि उमेर पनि उनको नागरिकतामा जस्तो धेरै थिएन। अर्काको नामको नागरिकता ग्रहण आफैंमा विकटता, अशिक्षा र गरिबीको प्रमाण थियो। आफ्नै नामबाट नागरिकता लिनका निम्ति जिल्ला प्रशासन कार्यलय धाउनुको दुःख र खर्चको कुरा थियो। अर्काेतिर औपचारिक अध्ययन नै नभएकाले कुनै प्रमाणपत्रसँग नागरिकताको व्यहोरो मिल्नुपर्ने बाध्यता थिएन। 

यहीकारण मना सार्की नामका नागरिकता दुई फरक महिलाले प्रयोग गरे। तर, यस्तो अभाव, अशिक्षा र विकटताबीच उभिएर पनि मनाले केही सपना देखेकी थिइन्। नपढे पनि केही गर्नुपर्छ भन्ने ऊर्जाशील महिला थिइन् उनी। उनको व्यवहारले सबैलाई प्रेरित गर्थ्यो। दलित समुदायलाई अझ धेरै प्रेरणा मिल्थ्यो। 

मना विभिन्न कार्यक्रम तथा तालिममा पुग्थिन्। त्यहाँबाट सिकेको सीप गाउँमा फर्केर सबैलाई सिकाउँथिन्। विभिन्न संघसंस्थाबाट आउने अनुदान वा सहयोग सबैलाई वितरण गर्नुपर्नेमा जोड दिन्थिन्। यसरी सबैलाई आफ्नो ठानेर व्यवहार गर्ने मनालाई संकुचित जातीय सोचका कारण समाजकै केही व्यक्तिले शत्रु ठाने। 

राजनीतिमा जोडिएपछि मनाको सपनाले नयाँ गन्तव्य चुनेको थियो। उनी त्यही उडान गर्न चाहन्थिन्। परिवारसँगै समाजका लागि केही गर्नुपर्छ भन्ने ऊर्जा थियो। संघर्ष त्यसकै निम्ति गरिरहेकी थिइन्। तर, आफ्नै जात उनको यात्रामा तगारो बनिदियो। 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
मधेशमा धेरै कुरा फेरिए, फेरिएन दाइजोको कहर
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी मंगलबार, असार २४, २०८२
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब मंगलबार, असार २४, २०८२
चिकित्सकहरुको आन्दोलन : मंगलबार पनि देशभर आकस्मिक बाहेकको सेवा ठप्प मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्