• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मधेशमा धेरै कुरा फेरिए, फेरिएन दाइजोको कहर

64x64
भानु बोखिम सोमबार, चैत ९, २०७७  ०८:०५
1140x725

केही समयअघि टेलिभिजन कार्यक्रम ‘ऐना’को सामग्री तयार पार्ने क्रममा यसपालि पूजा सदाको जीवनलाई दोहोर्‍याएर नियाल्ने मौका मिल्यो। त्यसक्रममा थाहा भो, कुनै फिल्मी कथा भन्दा कम थिएनन्, पूजाको जीवनमा दुर्घटित घटनाहरू। ती घटनाहरूले एकातिर दाइजोको प्रथा समाजको ‘संस्कार’ बनिसकेको देखाउँछन्, अर्कोतर्फ यो ‘संस्कार’ नियन्त्रण गर्ने कार्य अब ब्यक्ति विशेषको बसमा नरहेको पनि छर्लङ्ग पार्छ। 

धनुषाकी युवती हुन् पूजा। मधेशी दलित परिवारमा जन्मेकी। एक बर्ष अघि उनको विवाह तय भएको थियो। बुबाले ऋण काढेर पूजाको विवाहको तयारी गरे। त्यही तयारीकै क्रममा विवाहको दिन आइपुग्यो। जीवनकै महत्वपूर्ण यो दिनमा पूजा बेहुलीको भेषमा सजिइसकेकी थिइन्। विवाहमा आउने निम्तालु र जन्तीलाई खुवाउने भोजन पनि तयार गरियो। तर, दाइजोमा मागिएको मोटरसाइकल नपाएको भन्दै बेहुला पक्षले अचानक विवाह रद्द गरिदियो।

पूजाको जीवनमा आइलागेको यो ठूलो बज्रपात थियो। पूजाले त्यसपछि एउटा अठोट लिइन्- अब विवाह गरें भने दाइजोको नाममा बुबाको पैसा खर्च गराउँदिन।

कार्यक्रम ‘ऐना’का लागि यिनै सामग्री समेटेर हामीले कार्यक्रम तयार पार्‍यौं। तर, तयार कार्यक्रम प्रशारण हुनुभन्दा पहिल्यै एउटा नयाँ खबर आइपुग्यो। त्यो थियो– पूजाको विहे हुने भयो। 

हाम्रा लागि पनि यो खुसीको कुरा थियो। तर, यो खबरले खुसी मात्र ल्याएको थिएन, दुःख पनि सँगै रहेछ। पूजाको दुःख। किनभने यसपालि पनि जसले पूजासँग जीवन बिताउने निधो गरेको थियो, उसले पनि दाइजो लिएर मात्र यो भूमिका निभाउने निर्णय गरेको थियो। पूजाको यसपालिको विहेमा दाइजोका लागि दुई लाख रुपैयाँ खर्च हुँदै थियो। 

राजनीतिक व्यवस्था परिवर्तनका निम्ति निर्णायक भूमिका खेलेको र मुलुकलाई संघीय अभ्यासमा डोर्‍याएको मधेश आफ्ना छोरीहरूले दाइजोका नाममा भोगिरहेको कहरमा भने बेपरवाह जस्तै छ।

हुनेखानेका लागि दुई लाख रुपैयाँ आफैमा ठूलो रकम होइन। तर, पूजाको पारिवारिक आर्थिक अवस्था त्यस्तो होइन। त्यसकारण यो ठूलो रकम थियो। अघिल्लो पटक नभएको विवाहले पुजाको परिवारलाई जति ऋण बोकाएको थियो, यसपालि फेरि त्यति नै वा त्योभन्दा पनि धेरै ऋण थपिँदै थियो। 

मधेश बदलियो, मधेश बदलिएन    
२०६२/६३ को जनआन्दोलनलगत्तै मधेशबाट उठेको विद्रोहले मुुलुकलाई संघीयताको अभ्यासमा जान बाध्य पार्‍यो। काठमाडौंसँगै सिंगो देश लोकतन्त्र–गणतन्त्रसम्म जानलाई जुरुक्क उठे पनि त्यसलाई संघीयतासम्म डोर्‍याउने काम २०६३ को मधेश आन्दोलनले गरेको थियो। मुलुकको व्यवस्था र संरचना परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको मधेशको समाज राजनीतिक रुपमा त्यसपछि झन् बढी सचेत बन्दै गयो। काठमाडौंका नीति र दृष्टिकोण मात्र लादिने होइन, आफ्नो शासन चलाउन आफै नीति तर्जुमा गर्ने अभ्यास व्यवहारतः अघि बढ्यो। प्रतिनिधित्वको सवालदेखि अवसरमा समान हिस्सेदारी खोज्न मधेशको राजनीति र समाज अघि बढ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, राजनीतिमा आएको यो जागरण अरु कैयौं पाटोमा देख्न पाइन्न। पूजा सदाको जीवन एउटा दृष्टान्त हो।

मधेशको समाज आज पनि खुला समाजका रुपमा गणना हुँदैन। यसरी हेर्दा पनि बुझ्न सकिन्छ, बन्द समाजभित्र निर्णयको अधिकार हरेक ब्यक्तिमा हुँदैन। त्यो अधिकार परिवारका खास व्यक्तिमा मात्र हुन्छ र निर्णय पनि तिनैले गर्छन्। जस्तो कि, पूजाको विवाहको चिन्ता उनी स्वयम्लाई भन्दा उनका अभिभावकलाई थियो। पूजाले दाइजो बेगर नै विवाह गर्छु भन्ने अठोट आत्मविश्वासका साथ गरेकी थिइन्। त्यही कुरा भनेकी थिइन्। आफ्नो पहिलो विवाह साइतकै दिन दाइजोकै कारण टुटेकाले पनि उनमा यसप्रति वितृष्णा थियो। उनलाई धेरै कुरा त थाहा थिएन, तर दाइजो लिनु वा दिनु गलत हो भन्ने उनलाई थाहा थियो। यसले राम्रो गर्दैन भन्ने पनि लागेको थियो। तर, निर्णय गर्ने अधिकार पूजामा थिएन।

मधेशको समाजमा पूजा जस्ता धेरै छोरी छन् जसले दाइजो गलत हो भन्ने बुझेका छन्। तर, यहाँको समाजमा ‘संस्कार’ले यसरी जरा गाडेको छ कि कुनै व्यक्ति विशेषले नरुचाउँदैमा वा नचाहँदैमा त्यसलाई तोड्न वा बदल्न सकिँदैन। अझ प्रष्टसँग भन्दा दाइजोका नाममा पीडित महिलाले चाहँदैनमा मात्र मधेशको समाजमा कलंक बनेर रहेको दाइजोको समस्या रोकिने देखिँदैन। यसका लागि ठुलै जागरणको खाँचो छ।

त्यसमाथि दाइजोविरुद्धको जागरणलाई अर्को चुनौती बन्न सक्छ, पूँजीवादको चपेटामा परेको हाम्रो समाज। हामी प्रविधि र बजारको चेपुवामा परिसकेका छौं। यसले मधेशको समाज र युवाको मनोविज्ञानलाई पनि प्रभावित पारिसकेको छ। पूँजीवादी संस्कारमा फसेको मानिसलाई ऐस, आराम वा नयाँ–नयाँ प्रविधिसहितका उपकरणको प्रयोग गर्ने रुचि ज्यादा हुन्छ। यसका लागि पैसाको आवश्यकता असीमित बनेर जान्छ। स्वभावैले हाम्रो जस्तो दलाल पूँजीवादले उपभोक्तावादी संस्कार त सिकाउँछ, तर कमाउनका लागि रोजगारीको अवसर दिँदैन। यस्तो अवस्थामा चल, अचल सम्पत्ति आउने बाटोलाई उम्कन नदिने सोच हावी बन्छ। घटनाक्रम नियाल्ने हो भने मधेशी महिलाका लागि दाइजो कहर हो भने पुरुषलाई रहर हो। पुरुषका लागि दाइजो जसले ऐस, आराम गर्ने सम्पत्ति आर्जन गर्ने सजिलो बाटो पनि भएको छ। 

Xtrem

Xtrem

मधेशमा महिलालाई पुरुषको सहारामा बाँच्ने होइन, आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने छ।

‘ऐना’ कार्यक्रममा पूजा सदाबाहेक अरु महिलाका कथा पनि समेटिएका थिए। त्यसमा अझ कारुणिक कथा थिए, सीमा शर्मा र सुनिता यादवका। उनीहरू दुवैको विवाह राम्रो पेशामा रहेका पुरुषसँग भएको थियो। बिडम्बना, उनीहरू दुवै जना आफ्नै श्रीमानबाट मारिए। मारिनुको कारण पनि उही थियो, विवाहपछि पनि दाइजो मागिनु र त्यसको परिपूर्ति नहुनु। 

दाइजोको ‘संस्कार’ले विकराल रुप लिनुमा वा दाइजोको निहुँमा हत्या र महिलामाथिको चरम हिंसा मौलाउनुमा अभिभावकको सोच र दृष्टिकोण नै पूर्णरुपमा जिम्मेवार देखिन्छ। हामीले कार्यक्रम तयार पार्ने क्रममा समेटेका सामग्री मिहिनसँग केलाउँदा यस्तो निष्कर्षमा पुगिन्छ कि मधेशका अभिभावकले छोरी पनि सक्षम हुन्छन् र उनीहरू आफै गरिखान सक्छन् भनेर विश्वास गर्दैनन्। एकाध परिवारले अपवादको रुपमा विश्वास गरेका होलान्। तर अपवाद घटनाले समाजको यथार्थ चित्र दर्शाउँदैन। छोरीको भविष्यका निम्ति छोरीमा होइन, ज्वाइँमाथि लगानी गर्ने होडबाजी नै देखिन्छ। यसमा अझ पढेलेखेका र शिक्षित परिवार नै अगाडि छन्। छोरी पढाउनलाई खर्च गर्नु भन्दा त्यो रकम ज्वाइँलाई दाइजो दिए छोरीले सुख पाउँछे भन्ने मनोविज्ञान छ धेरै अभिभावकमा हावी छ। छोरी पनि पढेर सक्षम हुन सक्छन् भनेर विश्वास गरेको देखिँदैन।

सुनिता यादव आइए पढेकी थिइन्। परिवारले त्यो भन्दा अगाडि पढ्न प्रोत्साहन गरेको भए उनी आफै सक्षम हुन सक्थिन्। तर, सुनितालाई पढाउनुको साटो अभिभावकले उनका लागि डाक्टर ज्वाइँ खोजे। ज्वाइँलाई डाक्टर पढाउन लाग्ने सम्पूर्ण खर्च पनि व्यहोरे। त्यतिले नपुगेर विवाहको बेला थप रकम पनि दिए। तर, सहजै सम्पत्ति हात पार्न पल्केका ज्वाइँको माग त्यतिमा रोकिएन। माग पूरा नहुँदा सुनितामाथि हिंसा हुन थाल्यो र त्यो हिंसाले एकदिन सुनिताको ज्यानै लियो। 

सीमा शर्माको परिवारले पनि कमाउने ज्वाइँ भनेर राम्रो दाइजो दिएरै उनको विवाह गरिदिएका थिए। तर, कमाउने ज्वाइँले विवाहपछि पनि थप दाइजो माग्न छाडेनन्। यसले सीमाको श्रीमानसँगको सम्बन्ध मात्र बिग्रिएन, सँधैको हिंसा सहन नसकेर सीमाले सानी छोरीसहित आत्महत्याको बाटो रोजिन्। 

युवामै कलुषित सोच
मधेशको समाजमा अहिले पनि बढ्दो क्रममै देखिने दाइजोको कहर जति छ, त्योभन्दा डरलाग्दो छ– यसको पक्षमा देखिने युवा पंक्ति। यसको पक्षमा तर्क त जति पनि गर्न सकिएला, तर दाइजोले एकातिर केही व्यक्तिलाई सजिलै धन आर्जन गर्ने अवसर दिए पनि अर्कोतर्फ कैयौं परिवारलाई तन्नम बनाउँदैछ, तिनको खुसी खोस्दै छ। किनभने यसको उद्देश्य नै ‘इजी मनी’ आर्जन हो। युवामा यस्तो कलुषित सोच आउनुमा बढ्दो बेरोजगारीले पनि भूमिका खेलेको छ। त्यसकारण दाइजोको कहरबाट मुक्ति पाउन प्रशस्त रोजगारी सिर्जना गर्नु अपरिहार्य छ।

दाइजो दिएर ‘सक्षम’ ज्वाइँखोज्ने होइन, बरु छोरीलाई नै सक्षम बनाउन अभिभावकहरू नै जुट्नुपर्ने छ। 

यसका साथै युवालाई नैतिकवान बनाउन पनि उत्तिकै जरुरी छ, जो आफ्नो पसिनाको कमाइमा विश्वास गर्ने बनून्। मधेशमा महिलालाई पुरुषको सहारामा बाँच्ने होइन, आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने छ। यसको लागि राम्रो ज्वाइँ पाउनका लागि सम्पत्ति खर्च गर्ने सोच नै बदल्नुपर्छ। छोरीलाई पढाएर आफै गरिखान सक्ने बनाउनुपर्छ। यसनिम्ति अभिभावकले छोरीलाई हेर्ने दृष्टिकोण बदल्नु अनिवार्य छ।  

दाइजोको कहर पहाड भन्दा मधेशका महिलामा बढी छ। महिलाहरू आफ्नो जीवनसाथी आफै छनोट गर्न स्वतन्त्र र सक्षम बनेको दिन दाइजोका नाममा कुटिने, जलाइने र मारिेने महिलाको संख्या पनि कम हुँदै जानेछ। यसको लागि दाइजो दिएर ‘सक्षम’ ज्वाइँ खोज्ने होइन, बरु छोरीलाई नै सक्षम बनाउन अभिभावकहरू नै जुट्नुपर्ने छ। 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्