• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मधेशमा धेरै कुरा फेरिए, फेरिएन दाइजोको कहर

64x64
भानु बोखिम सोमबार, चैत ९, २०७७  ०८:०५
1140x725

केही समयअघि टेलिभिजन कार्यक्रम ‘ऐना’को सामग्री तयार पार्ने क्रममा यसपालि पूजा सदाको जीवनलाई दोहोर्‍याएर नियाल्ने मौका मिल्यो। त्यसक्रममा थाहा भो, कुनै फिल्मी कथा भन्दा कम थिएनन्, पूजाको जीवनमा दुर्घटित घटनाहरू। ती घटनाहरूले एकातिर दाइजोको प्रथा समाजको ‘संस्कार’ बनिसकेको देखाउँछन्, अर्कोतर्फ यो ‘संस्कार’ नियन्त्रण गर्ने कार्य अब ब्यक्ति विशेषको बसमा नरहेको पनि छर्लङ्ग पार्छ। 

धनुषाकी युवती हुन् पूजा। मधेशी दलित परिवारमा जन्मेकी। एक बर्ष अघि उनको विवाह तय भएको थियो। बुबाले ऋण काढेर पूजाको विवाहको तयारी गरे। त्यही तयारीकै क्रममा विवाहको दिन आइपुग्यो। जीवनकै महत्वपूर्ण यो दिनमा पूजा बेहुलीको भेषमा सजिइसकेकी थिइन्। विवाहमा आउने निम्तालु र जन्तीलाई खुवाउने भोजन पनि तयार गरियो। तर, दाइजोमा मागिएको मोटरसाइकल नपाएको भन्दै बेहुला पक्षले अचानक विवाह रद्द गरिदियो।

पूजाको जीवनमा आइलागेको यो ठूलो बज्रपात थियो। पूजाले त्यसपछि एउटा अठोट लिइन्- अब विवाह गरें भने दाइजोको नाममा बुबाको पैसा खर्च गराउँदिन।

कार्यक्रम ‘ऐना’का लागि यिनै सामग्री समेटेर हामीले कार्यक्रम तयार पार्‍यौं। तर, तयार कार्यक्रम प्रशारण हुनुभन्दा पहिल्यै एउटा नयाँ खबर आइपुग्यो। त्यो थियो– पूजाको विहे हुने भयो। 

हाम्रा लागि पनि यो खुसीको कुरा थियो। तर, यो खबरले खुसी मात्र ल्याएको थिएन, दुःख पनि सँगै रहेछ। पूजाको दुःख। किनभने यसपालि पनि जसले पूजासँग जीवन बिताउने निधो गरेको थियो, उसले पनि दाइजो लिएर मात्र यो भूमिका निभाउने निर्णय गरेको थियो। पूजाको यसपालिको विहेमा दाइजोका लागि दुई लाख रुपैयाँ खर्च हुँदै थियो। 

राजनीतिक व्यवस्था परिवर्तनका निम्ति निर्णायक भूमिका खेलेको र मुलुकलाई संघीय अभ्यासमा डोर्‍याएको मधेश आफ्ना छोरीहरूले दाइजोका नाममा भोगिरहेको कहरमा भने बेपरवाह जस्तै छ।

हुनेखानेका लागि दुई लाख रुपैयाँ आफैमा ठूलो रकम होइन। तर, पूजाको पारिवारिक आर्थिक अवस्था त्यस्तो होइन। त्यसकारण यो ठूलो रकम थियो। अघिल्लो पटक नभएको विवाहले पुजाको परिवारलाई जति ऋण बोकाएको थियो, यसपालि फेरि त्यति नै वा त्योभन्दा पनि धेरै ऋण थपिँदै थियो। 

मधेश बदलियो, मधेश बदलिएन    
२०६२/६३ को जनआन्दोलनलगत्तै मधेशबाट उठेको विद्रोहले मुुलुकलाई संघीयताको अभ्यासमा जान बाध्य पार्‍यो। काठमाडौंसँगै सिंगो देश लोकतन्त्र–गणतन्त्रसम्म जानलाई जुरुक्क उठे पनि त्यसलाई संघीयतासम्म डोर्‍याउने काम २०६३ को मधेश आन्दोलनले गरेको थियो। मुलुकको व्यवस्था र संरचना परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको मधेशको समाज राजनीतिक रुपमा त्यसपछि झन् बढी सचेत बन्दै गयो। काठमाडौंका नीति र दृष्टिकोण मात्र लादिने होइन, आफ्नो शासन चलाउन आफै नीति तर्जुमा गर्ने अभ्यास व्यवहारतः अघि बढ्यो। प्रतिनिधित्वको सवालदेखि अवसरमा समान हिस्सेदारी खोज्न मधेशको राजनीति र समाज अघि बढ्यो।

Ncell 2
Ncell 2

तर, राजनीतिमा आएको यो जागरण अरु कैयौं पाटोमा देख्न पाइन्न। पूजा सदाको जीवन एउटा दृष्टान्त हो।

मधेशको समाज आज पनि खुला समाजका रुपमा गणना हुँदैन। यसरी हेर्दा पनि बुझ्न सकिन्छ, बन्द समाजभित्र निर्णयको अधिकार हरेक ब्यक्तिमा हुँदैन। त्यो अधिकार परिवारका खास व्यक्तिमा मात्र हुन्छ र निर्णय पनि तिनैले गर्छन्। जस्तो कि, पूजाको विवाहको चिन्ता उनी स्वयम्लाई भन्दा उनका अभिभावकलाई थियो। पूजाले दाइजो बेगर नै विवाह गर्छु भन्ने अठोट आत्मविश्वासका साथ गरेकी थिइन्। त्यही कुरा भनेकी थिइन्। आफ्नो पहिलो विवाह साइतकै दिन दाइजोकै कारण टुटेकाले पनि उनमा यसप्रति वितृष्णा थियो। उनलाई धेरै कुरा त थाहा थिएन, तर दाइजो लिनु वा दिनु गलत हो भन्ने उनलाई थाहा थियो। यसले राम्रो गर्दैन भन्ने पनि लागेको थियो। तर, निर्णय गर्ने अधिकार पूजामा थिएन।

मधेशको समाजमा पूजा जस्ता धेरै छोरी छन् जसले दाइजो गलत हो भन्ने बुझेका छन्। तर, यहाँको समाजमा ‘संस्कार’ले यसरी जरा गाडेको छ कि कुनै व्यक्ति विशेषले नरुचाउँदैमा वा नचाहँदैमा त्यसलाई तोड्न वा बदल्न सकिँदैन। अझ प्रष्टसँग भन्दा दाइजोका नाममा पीडित महिलाले चाहँदैनमा मात्र मधेशको समाजमा कलंक बनेर रहेको दाइजोको समस्या रोकिने देखिँदैन। यसका लागि ठुलै जागरणको खाँचो छ।

त्यसमाथि दाइजोविरुद्धको जागरणलाई अर्को चुनौती बन्न सक्छ, पूँजीवादको चपेटामा परेको हाम्रो समाज। हामी प्रविधि र बजारको चेपुवामा परिसकेका छौं। यसले मधेशको समाज र युवाको मनोविज्ञानलाई पनि प्रभावित पारिसकेको छ। पूँजीवादी संस्कारमा फसेको मानिसलाई ऐस, आराम वा नयाँ–नयाँ प्रविधिसहितका उपकरणको प्रयोग गर्ने रुचि ज्यादा हुन्छ। यसका लागि पैसाको आवश्यकता असीमित बनेर जान्छ। स्वभावैले हाम्रो जस्तो दलाल पूँजीवादले उपभोक्तावादी संस्कार त सिकाउँछ, तर कमाउनका लागि रोजगारीको अवसर दिँदैन। यस्तो अवस्थामा चल, अचल सम्पत्ति आउने बाटोलाई उम्कन नदिने सोच हावी बन्छ। घटनाक्रम नियाल्ने हो भने मधेशी महिलाका लागि दाइजो कहर हो भने पुरुषलाई रहर हो। पुरुषका लागि दाइजो जसले ऐस, आराम गर्ने सम्पत्ति आर्जन गर्ने सजिलो बाटो पनि भएको छ। 

मधेशमा महिलालाई पुरुषको सहारामा बाँच्ने होइन, आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने छ।

‘ऐना’ कार्यक्रममा पूजा सदाबाहेक अरु महिलाका कथा पनि समेटिएका थिए। त्यसमा अझ कारुणिक कथा थिए, सीमा शर्मा र सुनिता यादवका। उनीहरू दुवैको विवाह राम्रो पेशामा रहेका पुरुषसँग भएको थियो। बिडम्बना, उनीहरू दुवै जना आफ्नै श्रीमानबाट मारिए। मारिनुको कारण पनि उही थियो, विवाहपछि पनि दाइजो मागिनु र त्यसको परिपूर्ति नहुनु। 

दाइजोको ‘संस्कार’ले विकराल रुप लिनुमा वा दाइजोको निहुँमा हत्या र महिलामाथिको चरम हिंसा मौलाउनुमा अभिभावकको सोच र दृष्टिकोण नै पूर्णरुपमा जिम्मेवार देखिन्छ। हामीले कार्यक्रम तयार पार्ने क्रममा समेटेका सामग्री मिहिनसँग केलाउँदा यस्तो निष्कर्षमा पुगिन्छ कि मधेशका अभिभावकले छोरी पनि सक्षम हुन्छन् र उनीहरू आफै गरिखान सक्छन् भनेर विश्वास गर्दैनन्। एकाध परिवारले अपवादको रुपमा विश्वास गरेका होलान्। तर अपवाद घटनाले समाजको यथार्थ चित्र दर्शाउँदैन। छोरीको भविष्यका निम्ति छोरीमा होइन, ज्वाइँमाथि लगानी गर्ने होडबाजी नै देखिन्छ। यसमा अझ पढेलेखेका र शिक्षित परिवार नै अगाडि छन्। छोरी पढाउनलाई खर्च गर्नु भन्दा त्यो रकम ज्वाइँलाई दाइजो दिए छोरीले सुख पाउँछे भन्ने मनोविज्ञान छ धेरै अभिभावकमा हावी छ। छोरी पनि पढेर सक्षम हुन सक्छन् भनेर विश्वास गरेको देखिँदैन।

सुनिता यादव आइए पढेकी थिइन्। परिवारले त्यो भन्दा अगाडि पढ्न प्रोत्साहन गरेको भए उनी आफै सक्षम हुन सक्थिन्। तर, सुनितालाई पढाउनुको साटो अभिभावकले उनका लागि डाक्टर ज्वाइँ खोजे। ज्वाइँलाई डाक्टर पढाउन लाग्ने सम्पूर्ण खर्च पनि व्यहोरे। त्यतिले नपुगेर विवाहको बेला थप रकम पनि दिए। तर, सहजै सम्पत्ति हात पार्न पल्केका ज्वाइँको माग त्यतिमा रोकिएन। माग पूरा नहुँदा सुनितामाथि हिंसा हुन थाल्यो र त्यो हिंसाले एकदिन सुनिताको ज्यानै लियो। 

सीमा शर्माको परिवारले पनि कमाउने ज्वाइँ भनेर राम्रो दाइजो दिएरै उनको विवाह गरिदिएका थिए। तर, कमाउने ज्वाइँले विवाहपछि पनि थप दाइजो माग्न छाडेनन्। यसले सीमाको श्रीमानसँगको सम्बन्ध मात्र बिग्रिएन, सँधैको हिंसा सहन नसकेर सीमाले सानी छोरीसहित आत्महत्याको बाटो रोजिन्। 

युवामै कलुषित सोच
मधेशको समाजमा अहिले पनि बढ्दो क्रममै देखिने दाइजोको कहर जति छ, त्योभन्दा डरलाग्दो छ– यसको पक्षमा देखिने युवा पंक्ति। यसको पक्षमा तर्क त जति पनि गर्न सकिएला, तर दाइजोले एकातिर केही व्यक्तिलाई सजिलै धन आर्जन गर्ने अवसर दिए पनि अर्कोतर्फ कैयौं परिवारलाई तन्नम बनाउँदैछ, तिनको खुसी खोस्दै छ। किनभने यसको उद्देश्य नै ‘इजी मनी’ आर्जन हो। युवामा यस्तो कलुषित सोच आउनुमा बढ्दो बेरोजगारीले पनि भूमिका खेलेको छ। त्यसकारण दाइजोको कहरबाट मुक्ति पाउन प्रशस्त रोजगारी सिर्जना गर्नु अपरिहार्य छ।

दाइजो दिएर ‘सक्षम’ ज्वाइँखोज्ने होइन, बरु छोरीलाई नै सक्षम बनाउन अभिभावकहरू नै जुट्नुपर्ने छ। 

यसका साथै युवालाई नैतिकवान बनाउन पनि उत्तिकै जरुरी छ, जो आफ्नो पसिनाको कमाइमा विश्वास गर्ने बनून्। मधेशमा महिलालाई पुरुषको सहारामा बाँच्ने होइन, आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने छ। यसको लागि राम्रो ज्वाइँ पाउनका लागि सम्पत्ति खर्च गर्ने सोच नै बदल्नुपर्छ। छोरीलाई पढाएर आफै गरिखान सक्ने बनाउनुपर्छ। यसनिम्ति अभिभावकले छोरीलाई हेर्ने दृष्टिकोण बदल्नु अनिवार्य छ।  

दाइजोको कहर पहाड भन्दा मधेशका महिलामा बढी छ। महिलाहरू आफ्नो जीवनसाथी आफै छनोट गर्न स्वतन्त्र र सक्षम बनेको दिन दाइजोका नाममा कुटिने, जलाइने र मारिेने महिलाको संख्या पनि कम हुँदै जानेछ। यसको लागि दाइजो दिएर ‘सक्षम’ ज्वाइँ खोज्ने होइन, बरु छोरीलाई नै सक्षम बनाउन अभिभावकहरू नै जुट्नुपर्ने छ। 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म शुक्रबार, पुस ४, २०८२
एमालेमा गुट सकियो: केपी ओली शुक्रबार, पुस ४, २०८२
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरू शुक्रबार, पुस ४, २०८२
भरतपुरबाट गाडीमा भैरहवा हिँडे लामिछाने शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्