काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई गृहमन्त्री नियुक्त गरेकी छन्।
नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा माओवादीको सिफारिसमा राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै उनको मन्त्री पदसमेत गुमेको थियो। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुनः गृहमन्त्री नियुक्त गरिएको हो।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार थापालाई मन्त्री नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकिएको उल्लेख छ।
सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै थापा माओवादी छाडेर एमालेतर्फ लागेपछि उनको सांसद पद गुमेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।