काठमाडौं–गोल्छा ग्रुपले २ मेगावाट क्षमताकाे सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट) गरेको छ।
विद्युत् प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका हुन्।
आयोजना ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष गोल्छाले बताए।
यो पहिलो आयोजना भएको जानकारी दिँदै गोल्छाले यसको अनुभवबाट अन्य आयोजना पनि विकास गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।