• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यस्ताे छ गाेंगबु हत्याकी अभियुक्त कल्पनाको बकपत्र

64x64
नारायण अधिकारी सोमबार, भदौ २२, २०७७  १४:५२
1140x725

काठमाडौं-टोखा नगरपालिका १० स्वर्गद्वारी गोंगबुमा भएको क्रुर हत्याको अभियोगमा ३७ वर्षीया कल्पना मुडभरी पुर्पक्षका लागि जेल चलान भएकी छिन्। 

४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्यापछि टाउको, खुट्टा छुट्टाएर शरीरलाई तीन टुक्रा पारी फालेको अवस्थामा प्रहरीले साउन २५ गते शव फेला पारको थियो। करिब तीन सय मिटरको अन्तरमा सुटकेशभित्र शरीर र जेब्रा झोलाभित्र खुट्टा र टाउको भएको शव फेला परेको थियो। सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी मुडभरी जेल चलान भएकी हुन्। 

प्रहरीसँगको बयानमा उनले हत्या आफूले गरेको स्वीकार गरेकी छिन्। बोहराको क्रुर हत्या गर्ने योजनासम्म कल्पना किन पुगिन्? कसरी हत्या गरिन् र शव व्यवस्थापन गरिन् भन्नेसम्मका रहस्य प्रहरीको बयानमा खुलाएकी छिन्।

यस्ताे छ कल्पनाको बयान :

सामाजिक सञ्जालबाट भेट, फेक आइडीले तनाव
मैले सामाजिक सञ्जालमा कल्पना पौडेलको फेसबुक आइडी चलाउँथे। सोही क्रममा चार/पाँच वर्ष अघिदेखि कृष्णबहादुर बोहोरासँग चिनजान भएको थियो। म्यासेन्जरमा कुराकानी गर्ने क्रममा हामीबीच परिचय भयो। सुरुमा बोहोराले आफू साउदी भन्ने मुलुकमा रहेको बताएका थिए।

यकिन मिति त थाहा भएन। पछि नेपाल आएको छु भन्दै गोंगवुस्थित रहेको थकाली होटलमा बिहान अन्दाजी ११ बजेतिर भेटघाट गर्न बोलाएको हुँदा मैले उनलाई त्यहाँ गएर भेँटे। कुरा गर्ने क्रममा मैले मेरो पनि अफगानिस्तानमा हुनुहुन्छ भनेँ। त्यतिखेर होटलमै खाना खाएर करिब साढे १२ बजेतिर म कोठामा फर्किए। त्यसपछि सामाजिक सञ्जाल इमोमार्फत् उनीसँग कुराकानी हुन थाल्यो।

कुराकानी गर्ने क्रममा बोहोराले आफ्नो श्रीमतीले धोका दिएको, आफूले विदेशमा गई कमाएको रकमसमेत श्रीमतीले हिनामिना गरेको भन्ने घरायसी कुरा गर्दै आएका थिए। बोहराले १ वर्ष अगाडिदेखि घर गयो भने बिहे गर भन्छन्, म मेरो बासँग बोल्न दिन्छु भनी बोल्नसमेत दिए, तिमी र म राम्रो साथी बन्नु पर्छ पनि भन्दै आएका थिए। 

कुरा गर्ने क्रममा निजले 'तिमी बिहे गर्दिनौं? मेरो पनि कोही छैन मसँग बिहे गर्ने हो?' भन्ने गरेका थिए। मैले ‘सरी ल’ र ‘डिठ्ठा साप’ टेलिसिरियलमा अभिनय गरेपश्चात निजले उक्त भिडियो हेरेपछि मेरै सुटिङको फोटो राखी कल्पना शाही भन्ने फेक फेसबुक आइडी बनाई मेरा फोटाहरु अपलोड गर्न थाले। 

बोहोराले मेरो केटी साथीहरुलाई समेत फ्रेण्ड बनाई मेसेज गर्ने गरेका रहेछन्। यो कुरा मैल थाहा पाएर किन यसो गरेको भन्दा मेरो मर्जी हो, आफूखुसी गर्छु भन्दै आएका थिए। करिब ६/७ महिना अगाडि उनले मलाई विभिन्न होटलमा बोलाई पटक–पटक होटलमा भेटघाट गर्ने गरेका थियौं। 

nimb
nimb
Ncell 2
Ncell 2

गत साउन १६ गते म बिरामी भई बसुन्धारास्थित चिरायु अस्पतालमा जान भनी बाटोमा हिँड्दै जाँदा उनी स्कुटीमा आई मलाईसमेत स्कुटीमा राखी अस्पताल पुर्‍याएका थिए। त्यसपछि उनले मलाई नराम्रो नजरले हेर्न थाले। जसका कारण उनीदेखि दिन प्रतिदिन मलाई रिस उठ्न थालेको थियो। उनीबाट कसरी छुटकारा लिन सकिन्छ भन्ने सोचाइमा म थिएँ। तर उनी मलाई छाड्दैनथे। यसरी पलपल तड्पिएर बाँच्न मलाई कठिन भएकोे थियो।

बोहोरा मिसन खत्तम भयो भन्दै कराउन थाले, मैले ह्याम्मर अण्डकोषमा हानेँ

२०७२ सालदेखि काठमाडौं, टोखा नगरपालिका १० नवज्योति मार्गस्थित किरणकुमार बस्नेतको घरमा डेरा कोठा लिई छोराछोरी र म बस्दै आएका थियौं। साउन २४ गते दिनको साढे ४ बजे बोहोरा हातमा रुस्लान भोड्का लिएर मेरो कोठामा आए। म त्यसबेला कुखुराको मासु पकाइरहेको थिएँ। छोराछोरी आफ्नै एटेच रुममा बसी गफ गरिरहेका थिए।

बोहोरा कोठामा आइ सोही एटेच बाथरुम भएको कोठामा बसी रुस्लान भोड्का गिलासमा हाली पिउन थाले। चिप्स, काँक्रो पनि उनैले साथमा ल्याएका थिए। मैले मासु चिउरा बोहोरालाई समेत खान दिई छोराछोरीलाई पनि दिएँ।

त्यसपछि भने बोहोराले जथाभावी बोल्न थाले। अपशब्द बोल्न थालेपछि मेरो छोरा टिभी भएको कोठामा गएर खाना खान थाल्यो। म पनि किचनतिर गएँ। मैले भाडा माझ्दै गर्दा कृष्णबहादुरलाई मेरो छोरीले यति रातिसम्म किन कोठामा बसेको भन्दै गाली गरिन्। मैले छोरीलाई अर्को कोठामा टिभी हेरेर बस्नु भनेर पठाइदिए।
 
बोहोरालाई मैले केही रकम तिर्नसमेत बाँकी थियो। म किचन कोठामा गई सोचविचार गरी उनलाई ठीक पार्नुपर्छ मौका यही हो भन्ने सोचेँ। किचनमा भएको दही कचौरामा राखी त्यसमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर बोहोरालाई दिए। मैले दिएको सबै दही बोहोराले खाए। त्यसको एक घण्टापछि भुइँमा उत्तानो परेर ढले। उनी मेरो मिशन खत्तम भयो भन्दै कराउन थाले।

मैले किचन कोठामा राखेको ह्याम्मर हातमा लिई उनी सुतेको एटेच कोठामा आई कपडा बाहिरबाट बोहोराको अण्डकोष, लिङ्गमा ४/५ पटक प्रहार गरें। त्यसपछि उनी चल्न चल्मलाउन छाडे।

३/४ मिनेटपछि मैले प्रयोग गर्ने मेरो बेडमा भएको कालो रंगको सलले उनको घाँटीमा बेसरी कसी अठ्याएँ। अब यो मर्‍यो खत्तम भयो भन्ने विश्वास भएपछि मैले उनको दुबै हातको कुममा समाई घिसार्दै सँगै कोठामा रहेको एटेच ट्वाइलेट बाथरुममा तानी आधा जति शरीर बाथरुमभित्र छिराएँ। 

शरीरको आधा भाग कोठामै रहेको गलैंचा माथी मेट्रेसमा राखी म किचनमा गई मासु काट्ने फलामको धारिलो हतियार दाउ लिएर आई उनकाे घाँटी रेटी टाउको शरीरबाट छुट्याएँ। 

शरीरलाई बाथरुमभित्र लगी कोठामा रहेको सुटकेस ल्याई हाल्न खोज्दा अटेन। त्यसपछि दुवै खुट्टाको घुँडाभन्दामाथि सम्मको भाग दाउले काटेर शरीरबाट छुट्याएँ।  

टाउको, दुई वटा खुट्टा र बीच शरीरसमेत गरी चार टुक्रा बनाएँ। कोठामा रहेको बि क्लाउड लेखिएको जेब्रा झोलामा टाउको र दुवै खुट्टा प्लाष्टिकमा हाली राखें। टाउको र खुट्टा नभएको शरीरको बीच भागलाई पोलो ग्लोबल लेखिएको सुटकेसभित्र राखी चेन लगाई प्याक गरेँ। एटेच ट्वाईलेट बाथरुममा लागेको रगतलाई पानी हाली राम्ररी सफा गरें। धारिलो हतियार दाउ, कार्पेट, म्याट्रेसमा लागेका रगत पानीले सफा गरें। 

रुस्लान भोड्का पिएर शव व्यवस्थापन, अनि चाहियो छोरीको सहयोग
अन्दाजी राति १० बजे टाउको र खुट्टासहितको जेब्रा झोला लिई टोखा नगरपालिका १० नवज्योति मार्गमा रहेको खाली जमिनमा लगी फ्याँकी कोठामा फिर्ता आएँ। 

कोठामा आई केही छिन बसी बाँकी रहेको रुस्लान भोड्का गिलासमा हाली पिएँ। राति अन्दाजी पौने ३ बजेतिर मैले बाथरुममा सुटकेसमा प्याक गरी राखेको टाउको र खुट्टा बिनाको लाश उठाउन खोज्दा सकिनँ। त्यसपछि मैले मेरो छोरीलाई सुटकेश धकेल्न लगाए। लगेजलाई बोराको नाम्लो प्रयोग गरी मैले बोकेँ।

बाहिर पानी परेकाले मैले छोरीलाई छाता ओढाउन लगाएँ। उक्त सुटकेश पश्चिमतर्फको सडक किनारामा फालेर हामी आमाछोरी कोठामा आयौं। छोरी सुति।

मैले हत्या गर्दा प्रयोग गरेको बुट्टे कुर्ता र कालो सुरुवाल खोली कपडा सफा गरी नुवाईधुवाई गरी बसें। मैले फलामको धारिलो हतियार दाउ, ह्यामर, कपडाको सल प्रयोग गरी बोहोरालाई मेरो कर्तव्यबाट विभत्स तरिकाले टुक्रा टुक्रा पारी हत्या गरेको हो। 

मैले अब भाग्नु पर्छ भनी रातको अन्दाजी साढे १० बजेतिर मैले चिने जानेको एम्वुलेन्स चालकलाई फोन गरें। मैले तुरुन्त फर्किई आउनु, मलाई चितवन जानु छ भनी बोलाउँदा एम्बुलेन्स चालकले आउन सम्भव छैन भनी जवाफ दिए। भोलिपल्ट एम्बुलेन्स चालकलाई मेरो डेरा कोठा अगाडि  बोलाई बेलुकाको अन्दाजी साढे ७ बजेतिर म, छोरी र छोरासहित चितवन माइती घरतर्फ गएको हो। माईती घरमा बसी रहेको अवस्थामा मिति साउन २६ गते बेलुकाको समयमा प्रहरीले म समेतलाई पक्राउ गरेको हो। 

सम्बन्धित समाचार

गोंगबु हत्याको अपरेशन जोजो : बाहिर डग स्न्याफिङ, घरभित्र रुँदै मोडल अभियुक्त

गोंगबु हत्या : यौन बन्यो हत्याको कारण, हम्मरले अण्डकोषमा हानेर हत्या, खुकुरीले काटियो घाँटी-खुट्टा

गोंगबु हत्या : चितवनमा पक्राउ परेकी महिला मोडलिङ क्षेत्रमा काम गर्ने, आमाछोरीलाई नै काठमाडौं ल्याइँदै

गोंगबु हत्या : चितवनबाट एक महिला पक्राउ, आइतबार पक्राउ परेका ४ महिलालाई छाडियो 

गोंगबु हत्या : मृतकको पहिचान खुल्यो

टोखा हत्या : टाउको-खुट्टा झोलामा, शरीर सुटकेशमा [अपडेट]

टोखामा सुटकेशभित्र शव फेला

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
होस्टलमा कुटपिट, एक युवकको मृत्यु काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। घटनामा संलग... शनिबार, भदौ ६, २०८३
युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ अनुदानमा उपलब्ध गराइएको युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। शनिबार, भदौ ६, २०८३
बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउनमा मात्रै एक खर्ब ८७ अर्बको सामान आयात गर्दा ३८ अर्बको निर्यात शनिबार, भदौ ६, २०८३
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब शनिबार, भदौ ६, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी शनिबार, भदौ ६, २०८३
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ शनिबार, भदौ ६, २०८३
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्