• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यस्ताे छ गाेंगबु हत्याकी अभियुक्त कल्पनाको बकपत्र

64x64
नारायण अधिकारी सोमबार, भदौ २२, २०७७  १४:५२
1140x725

काठमाडौं-टोखा नगरपालिका १० स्वर्गद्वारी गोंगबुमा भएको क्रुर हत्याको अभियोगमा ३७ वर्षीया कल्पना मुडभरी पुर्पक्षका लागि जेल चलान भएकी छिन्। 

४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्यापछि टाउको, खुट्टा छुट्टाएर शरीरलाई तीन टुक्रा पारी फालेको अवस्थामा प्रहरीले साउन २५ गते शव फेला पारको थियो। करिब तीन सय मिटरको अन्तरमा सुटकेशभित्र शरीर र जेब्रा झोलाभित्र खुट्टा र टाउको भएको शव फेला परेको थियो। सोही घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी मुडभरी जेल चलान भएकी हुन्। 

प्रहरीसँगको बयानमा उनले हत्या आफूले गरेको स्वीकार गरेकी छिन्। बोहराको क्रुर हत्या गर्ने योजनासम्म कल्पना किन पुगिन्? कसरी हत्या गरिन् र शव व्यवस्थापन गरिन् भन्नेसम्मका रहस्य प्रहरीको बयानमा खुलाएकी छिन्।

यस्ताे छ कल्पनाको बयान :

सामाजिक सञ्जालबाट भेट, फेक आइडीले तनाव
मैले सामाजिक सञ्जालमा कल्पना पौडेलको फेसबुक आइडी चलाउँथे। सोही क्रममा चार/पाँच वर्ष अघिदेखि कृष्णबहादुर बोहोरासँग चिनजान भएको थियो। म्यासेन्जरमा कुराकानी गर्ने क्रममा हामीबीच परिचय भयो। सुरुमा बोहोराले आफू साउदी भन्ने मुलुकमा रहेको बताएका थिए।

यकिन मिति त थाहा भएन। पछि नेपाल आएको छु भन्दै गोंगवुस्थित रहेको थकाली होटलमा बिहान अन्दाजी ११ बजेतिर भेटघाट गर्न बोलाएको हुँदा मैले उनलाई त्यहाँ गएर भेँटे। कुरा गर्ने क्रममा मैले मेरो पनि अफगानिस्तानमा हुनुहुन्छ भनेँ। त्यतिखेर होटलमै खाना खाएर करिब साढे १२ बजेतिर म कोठामा फर्किए। त्यसपछि सामाजिक सञ्जाल इमोमार्फत् उनीसँग कुराकानी हुन थाल्यो।

कुराकानी गर्ने क्रममा बोहोराले आफ्नो श्रीमतीले धोका दिएको, आफूले विदेशमा गई कमाएको रकमसमेत श्रीमतीले हिनामिना गरेको भन्ने घरायसी कुरा गर्दै आएका थिए। बोहराले १ वर्ष अगाडिदेखि घर गयो भने बिहे गर भन्छन्, म मेरो बासँग बोल्न दिन्छु भनी बोल्नसमेत दिए, तिमी र म राम्रो साथी बन्नु पर्छ पनि भन्दै आएका थिए। 

कुरा गर्ने क्रममा निजले 'तिमी बिहे गर्दिनौं? मेरो पनि कोही छैन मसँग बिहे गर्ने हो?' भन्ने गरेका थिए। मैले ‘सरी ल’ र ‘डिठ्ठा साप’ टेलिसिरियलमा अभिनय गरेपश्चात निजले उक्त भिडियो हेरेपछि मेरै सुटिङको फोटो राखी कल्पना शाही भन्ने फेक फेसबुक आइडी बनाई मेरा फोटाहरु अपलोड गर्न थाले। 

बोहोराले मेरो केटी साथीहरुलाई समेत फ्रेण्ड बनाई मेसेज गर्ने गरेका रहेछन्। यो कुरा मैल थाहा पाएर किन यसो गरेको भन्दा मेरो मर्जी हो, आफूखुसी गर्छु भन्दै आएका थिए। करिब ६/७ महिना अगाडि उनले मलाई विभिन्न होटलमा बोलाई पटक–पटक होटलमा भेटघाट गर्ने गरेका थियौं। 

Ncell 2
Ncell 2
nimb
nimb

गत साउन १६ गते म बिरामी भई बसुन्धारास्थित चिरायु अस्पतालमा जान भनी बाटोमा हिँड्दै जाँदा उनी स्कुटीमा आई मलाईसमेत स्कुटीमा राखी अस्पताल पुर्‍याएका थिए। त्यसपछि उनले मलाई नराम्रो नजरले हेर्न थाले। जसका कारण उनीदेखि दिन प्रतिदिन मलाई रिस उठ्न थालेको थियो। उनीबाट कसरी छुटकारा लिन सकिन्छ भन्ने सोचाइमा म थिएँ। तर उनी मलाई छाड्दैनथे। यसरी पलपल तड्पिएर बाँच्न मलाई कठिन भएकोे थियो।

बोहोरा मिसन खत्तम भयो भन्दै कराउन थाले, मैले ह्याम्मर अण्डकोषमा हानेँ

२०७२ सालदेखि काठमाडौं, टोखा नगरपालिका १० नवज्योति मार्गस्थित किरणकुमार बस्नेतको घरमा डेरा कोठा लिई छोराछोरी र म बस्दै आएका थियौं। साउन २४ गते दिनको साढे ४ बजे बोहोरा हातमा रुस्लान भोड्का लिएर मेरो कोठामा आए। म त्यसबेला कुखुराको मासु पकाइरहेको थिएँ। छोराछोरी आफ्नै एटेच रुममा बसी गफ गरिरहेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बोहोरा कोठामा आइ सोही एटेच बाथरुम भएको कोठामा बसी रुस्लान भोड्का गिलासमा हाली पिउन थाले। चिप्स, काँक्रो पनि उनैले साथमा ल्याएका थिए। मैले मासु चिउरा बोहोरालाई समेत खान दिई छोराछोरीलाई पनि दिएँ।

त्यसपछि भने बोहोराले जथाभावी बोल्न थाले। अपशब्द बोल्न थालेपछि मेरो छोरा टिभी भएको कोठामा गएर खाना खान थाल्यो। म पनि किचनतिर गएँ। मैले भाडा माझ्दै गर्दा कृष्णबहादुरलाई मेरो छोरीले यति रातिसम्म किन कोठामा बसेको भन्दै गाली गरिन्। मैले छोरीलाई अर्को कोठामा टिभी हेरेर बस्नु भनेर पठाइदिए।
 
बोहोरालाई मैले केही रकम तिर्नसमेत बाँकी थियो। म किचन कोठामा गई सोचविचार गरी उनलाई ठीक पार्नुपर्छ मौका यही हो भन्ने सोचेँ। किचनमा भएको दही कचौरामा राखी त्यसमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर बोहोरालाई दिए। मैले दिएको सबै दही बोहोराले खाए। त्यसको एक घण्टापछि भुइँमा उत्तानो परेर ढले। उनी मेरो मिशन खत्तम भयो भन्दै कराउन थाले।

मैले किचन कोठामा राखेको ह्याम्मर हातमा लिई उनी सुतेको एटेच कोठामा आई कपडा बाहिरबाट बोहोराको अण्डकोष, लिङ्गमा ४/५ पटक प्रहार गरें। त्यसपछि उनी चल्न चल्मलाउन छाडे।

३/४ मिनेटपछि मैले प्रयोग गर्ने मेरो बेडमा भएको कालो रंगको सलले उनको घाँटीमा बेसरी कसी अठ्याएँ। अब यो मर्‍यो खत्तम भयो भन्ने विश्वास भएपछि मैले उनको दुबै हातको कुममा समाई घिसार्दै सँगै कोठामा रहेको एटेच ट्वाइलेट बाथरुममा तानी आधा जति शरीर बाथरुमभित्र छिराएँ। 

शरीरको आधा भाग कोठामै रहेको गलैंचा माथी मेट्रेसमा राखी म किचनमा गई मासु काट्ने फलामको धारिलो हतियार दाउ लिएर आई उनकाे घाँटी रेटी टाउको शरीरबाट छुट्याएँ। 

शरीरलाई बाथरुमभित्र लगी कोठामा रहेको सुटकेस ल्याई हाल्न खोज्दा अटेन। त्यसपछि दुवै खुट्टाको घुँडाभन्दामाथि सम्मको भाग दाउले काटेर शरीरबाट छुट्याएँ।  

टाउको, दुई वटा खुट्टा र बीच शरीरसमेत गरी चार टुक्रा बनाएँ। कोठामा रहेको बि क्लाउड लेखिएको जेब्रा झोलामा टाउको र दुवै खुट्टा प्लाष्टिकमा हाली राखें। टाउको र खुट्टा नभएको शरीरको बीच भागलाई पोलो ग्लोबल लेखिएको सुटकेसभित्र राखी चेन लगाई प्याक गरेँ। एटेच ट्वाईलेट बाथरुममा लागेको रगतलाई पानी हाली राम्ररी सफा गरें। धारिलो हतियार दाउ, कार्पेट, म्याट्रेसमा लागेका रगत पानीले सफा गरें। 

रुस्लान भोड्का पिएर शव व्यवस्थापन, अनि चाहियो छोरीको सहयोग
अन्दाजी राति १० बजे टाउको र खुट्टासहितको जेब्रा झोला लिई टोखा नगरपालिका १० नवज्योति मार्गमा रहेको खाली जमिनमा लगी फ्याँकी कोठामा फिर्ता आएँ। 

कोठामा आई केही छिन बसी बाँकी रहेको रुस्लान भोड्का गिलासमा हाली पिएँ। राति अन्दाजी पौने ३ बजेतिर मैले बाथरुममा सुटकेसमा प्याक गरी राखेको टाउको र खुट्टा बिनाको लाश उठाउन खोज्दा सकिनँ। त्यसपछि मैले मेरो छोरीलाई सुटकेश धकेल्न लगाए। लगेजलाई बोराको नाम्लो प्रयोग गरी मैले बोकेँ।

बाहिर पानी परेकाले मैले छोरीलाई छाता ओढाउन लगाएँ। उक्त सुटकेश पश्चिमतर्फको सडक किनारामा फालेर हामी आमाछोरी कोठामा आयौं। छोरी सुति।

मैले हत्या गर्दा प्रयोग गरेको बुट्टे कुर्ता र कालो सुरुवाल खोली कपडा सफा गरी नुवाईधुवाई गरी बसें। मैले फलामको धारिलो हतियार दाउ, ह्यामर, कपडाको सल प्रयोग गरी बोहोरालाई मेरो कर्तव्यबाट विभत्स तरिकाले टुक्रा टुक्रा पारी हत्या गरेको हो। 

मैले अब भाग्नु पर्छ भनी रातको अन्दाजी साढे १० बजेतिर मैले चिने जानेको एम्वुलेन्स चालकलाई फोन गरें। मैले तुरुन्त फर्किई आउनु, मलाई चितवन जानु छ भनी बोलाउँदा एम्बुलेन्स चालकले आउन सम्भव छैन भनी जवाफ दिए। भोलिपल्ट एम्बुलेन्स चालकलाई मेरो डेरा कोठा अगाडि  बोलाई बेलुकाको अन्दाजी साढे ७ बजेतिर म, छोरी र छोरासहित चितवन माइती घरतर्फ गएको हो। माईती घरमा बसी रहेको अवस्थामा मिति साउन २६ गते बेलुकाको समयमा प्रहरीले म समेतलाई पक्राउ गरेको हो। 

सम्बन्धित समाचार

गोंगबु हत्याको अपरेशन जोजो : बाहिर डग स्न्याफिङ, घरभित्र रुँदै मोडल अभियुक्त

गोंगबु हत्या : यौन बन्यो हत्याको कारण, हम्मरले अण्डकोषमा हानेर हत्या, खुकुरीले काटियो घाँटी-खुट्टा

गोंगबु हत्या : चितवनमा पक्राउ परेकी महिला मोडलिङ क्षेत्रमा काम गर्ने, आमाछोरीलाई नै काठमाडौं ल्याइँदै

गोंगबु हत्या : चितवनबाट एक महिला पक्राउ, आइतबार पक्राउ परेका ४ महिलालाई छाडियो 

गोंगबु हत्या : मृतकको पहिचान खुल्यो

टोखा हत्या : टाउको-खुट्टा झोलामा, शरीर सुटकेशमा [अपडेट]

टोखामा सुटकेशभित्र शव फेला

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्