काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र जोगाउन अन्तिम लडाई लड्न तयार रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
_x000D__x000D_
सभापति देउवाले नेपालका कम्युनिस्टबाट लोकतन्त्र खतरामा रहेको दाबी गर्दै यसको संरक्षणका लागि लोकतन्त्रमा विश्वास गर्ने सबैलाई एकताबद्ध हुन पनि आह्वान गरे।
_x000D__x000D_
बुधबार नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, 'पञ्चायतलाई ढालिएको, राजालाई हटाएको काँग्रेस सामू लोकतन्त्र रक्षा गर्ने ठूलो चूनौति रहेको छ,' उनले भने।
_x000D__x000D_
सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि न्यायालय, प्रशासनिक संयन्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई पनि कटिवद्ध बनाई राख्नुपर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।