सुनसरी–सुनसरीको दुहबीमा इँटा उद्योगका कार्यरत एक जनाको गोली प्रहारबाट हत्या गरिएको छ। दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय फिदा हुसेनमाथि गोली प्रहार भएको हो।
_x000D__x000D_
उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।
_x000D__x000D_
उनलाई आज बिहान ६:३० को समयमा अज्ञात समूहले गोली प्रहार गरेको हो। उनको आफ्नै उद्योग अगाडि बाइकमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो।
_x000D__x000D_
हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एव सुनसरी क्षेत्र नं ३ का कांग्रेस सभापति मेहेदी हुसेनका भाइ हुन्।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीका अनुसार बारम्बारका गोलीकाण्डले घटना रहस्यमय देखिएको छ। गत भदौ ४ मा भएको खुर्सिद आलम हत्या प्रकरण सेलाउन नपाउँदै भएको यस घटनाले थप चुनौती थपेको उनको भनाइ छ।
_x000D__x000D_
गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको अधिकारीको भनाइ छ। घटनास्थलमा ३ वटा गोलीका खोका बरामद गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।