काठमाडौं– सर्वोच्च अदालतले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० सालदेखि मुद्दा खेपिरहेका भन्सारका नायव सुब्वा केदारप्रसाद चालिसेलाई उन्मुक्ति दिएको छ।
_x000D__x000D_
सोमबार न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले भन्सारका पूर्व नायव सुब्बा चालिसेसहित उनको सम्पत्ति लुकाउने कार्यमा सहयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेप्दै आएका ६ अभियुक्तलाई पनि सफाइ दिएको छ।
_x000D__x000D_
भन्सारका कार्यरत रहेका नासु चालिसेलाई अख्तियारले छापा मारी पक्राउ गरेको थियो। अख्तियारले एकै रात भन्सारका २२ भाइलाई पक्राउ गरेको थियो।
_x000D__x000D_
त्यसमध्येका एक भाइ चालिसे रहेका थिए। भन्सारमा रहेर चालिसेले ८१ लाख ८६ हजार ९ सय ९१ रुपैयाँ अवैध धन आर्जन गरेको अख्तियारको दावी थियो।
_x000D__x000D_
उक्त मुद्दामा सुरुमा विशेष अदालतले प्राविधिक पक्षमा टेकेर सफाइ दिएको छ। तर सर्वोच्चले पुन तथ्यमा प्रवेश गरी सुनुवाइ गर्न भनेपछि २०६६ माघ १५ गते फैसला सुनाएको थियो।
_x000D__x000D_
विशेष अदालतका तत्कालीन अध्यक्ष गैरीबहादुर कार्कीको इजलासले चालिसेलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो।
_x000D__x000D_
विशेष अदालतले चालिसेलाई बिगो र जरिवानासहित ८३ लाख ४२ हजार २ सय असुल गर्ने फैसला सुनाएको थियो। भ्रष्टाचार निवारण ऐनअनुसार १ वर्ष कैद हुने फैसला विशेष अदालतले सुनाएको थियो।
_x000D__x000D_
विशेष अदालतले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने कार्य गरेको भन्दै श्रीमती, छोरा र अन्य आफन्तलाई पनि सजाय हुने फैसला सुनाएको थियो।
_x000D__x000D_
विशेषको उक्त फैसलापछि सरकार र चालिसे पक्ष २०६७ भदौ १४ गते सर्वोच्च पुगेका थिए। सर्वोच्च पुगेको ८ वर्षपछि उनीहरुले सफाइ पाएका हुन्।
_x000D__x000D_
केदारप्रसाद चालिसे, प्रल्हादकुमार चालिसे, पदमा पोखरेल चालिसे, पेशल पोखरेल, नरोत्तम चालिसे, बद्रीप्रसाद चालिसे, राघवप्रसाद चालिसेलाई पनि सर्वोच्चले सफाइ दिएको छ। अख्तियारले उनीहरुलाई सम्पति लुकाउन सहयोगी भूमिका खेलेको भन्दै अभियुक्त बनाएको थियो।
_x000D__x000D_
हाल सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी, पूर्व आइजिपी मोतिलाल बोहोरा, नेपाल आयल निगमका पूर्व महाप्रबन्धक मदनराज शर्मा लगायतको मुद्दा विचाराधीन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।