काठमाडौं- काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पुर्याउने कर्मचारीलाई कडा कारबाही गर्ने भएको छ।
_x000D__x000D_
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पुर्याउने कर्मचारीलाई कारबाहीको चेतावनी दिए। सोमबार काठमाडौंको टेकुस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धी प्रविधि परीक्षण कार्यक्रममा सहभागी भएका उनले सञ्चारकर्मीमाझ ४० लाखभन्दा बढी मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पुर्याउने जोकोहीलाई पनि कारबाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत पनि गराए।
_x000D__x000D_
काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भइरहेको उनको भनाइ छ। 'सिसडोल नजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल भइरहेको छ,' मेयर शाक्यले भने।
_x000D__x000D_
मेयर शाक्यले काठमाडौंको फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्यपरक समाचार सम्प्रेषण नगरेको भन्दै सञ्चारकर्मीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।