जनकपुर– नेपाली कांग्रेसको राजनीतिक प्रस्तावका बारेमा आज प्रदेश २ का नेताहरुले छलफल गरेका छन्।
_x000D__x000D_
छलफल कार्यक्रमको उद्घाटन गर्दै पार्टी केन्द्रीय सदस्य तथा राजनीतिक मस्यौदा समितिकी सदस्य डा डिला संग्रौलाले कांग्रेसको राजनीतिक प्रस्ताव अहिले पनि मुलुकका अन्य पार्टीको भन्दा उत्कृष्ट र विश्वव्यापी मान्यताअनुसारको भएको दावी गरेकी छिन्।
_x000D__x000D_
राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपालमा अहिले अन्य पार्टीले पनि पछ्याएको बताउँदै संग्रौलाले जनआन्दोलनपछि स्थापित भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशीकरणलाई पनि अब थप संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिइन्।
_x000D__x000D_
भेलामा प्रदेश २ अन्तर्गतमा पर्ने ८ जिल्लाका क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र निर्वाचित जनप्रतिनिधिहरु सहभागी थिए। सहभागी स्थानीय नेताहरुले राजनीतिक विचारलाई पार्टीका केन्द्रीय नेताहरुले नै व्यवहारमा उतारेर देखाउन आग्रह गरेका थिए।
_x000D__x000D_
भेलामा सहभागीहरुलाई चार समूहमा विभाजन गरेर छलफल गराइएको थियो। उनीहरुले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, परराष्ट्र नीतिलगायतका विषयमा सुझावहरु राखेका छन्।
_x000D__x000D_
भेलामा सहभागीहरुले युवा, महिला, मधेसी, मुस्लिम, आदिवासी जनजाति, दलितलगायतलाई पार्टीमा आकर्षण गर्न विषेश अभियान ल्याउनुपर्नेमा जोड दिएका थिए।
_x000D__x000D_
कांग्रेसले आउँदो महासमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रस्तावको मस्यौदा बनाउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा मस्यौदा समिति नै बनाएको छ। सो समितिले अन्य प्रदेशहरुमा पनि छलफल गर्ने तयारी गरेको समितिकी सदस्य डा डिला संग्रौलाले जानकारी दिइन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।