काठमाडौं– संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले तीन वटा उपसमिति गठन गरेको छ।
_x000D__x000D_
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि उपसमिति, स्वास्थ्य तथा जनसंख्या उपसमिति र युवा तथा खेलकुद उपसमिति गठन गरेको हो। शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको कामलाई प्रभावकारी बनाउन तीन वटा छुट्टाछुट्टै उपसमिति गठन गर्नुपरेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए।
_x000D__x000D_
समितिले गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिमा उमेश श्रेष्ठ, एकवाल मियाँ, चित्रलेखा यादव, नविना लामा, नारायणप्रसाद मरासिनी, अन्जना विशंखे, योगेशकुमार भट्टराई र सुरेसकुमार राई रहेका छन्। त्यसैगरी स्वास्थ्य तथा जनसंख्या उपसमितिमा मनकुमारी जिसी, उमाकान्त चौंधरी, खगराज अधिकारी, गगनकुमार थापा, भैरवबहादुर सिंह, रेखा कुमारी र सन्तकुमार थारु रहेका छन्।
_x000D__x000D_
गजेन्द्रबहादुर महत, जीवनराम श्रेष्ठ, दुलारीदेवी खत्वेनी, नमिताकुमारी चौधरी, तीलबहादुर महत, मानबहादुर विश्वकर्मा र हितबहादुर तामाङ युवा तथा खेलकुद उपसमितिमा सदस्य रहेको समितिकी सभापति घर्तीले बताइन्।
_x000D__x000D_
बैठकमा समितिका सदस्यहरुले सरकारको कामलाई प्रभावकारी बनाउन कार्यसूचीनै तय गरेर उपसमितिलाई जिम्मेवारी दिनुपर्ने आवश्यकता औंल्याएका थिए। समितिका सदस्य गगनकुमार थापाले सरकारको कामलाई प्रभावकारी बनाउन उपसमितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए।
_x000D__x000D_
समितिका अर्का सदस्य खगराज अधिकारीले समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद्, युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए।
_x000D__x000D_
पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका अधिकारीले शिक्षा र स्वास्थ्य सेवालाई सहज बनाउन पनि समितिले प्रभावकारी भूमिका निर्वाह गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।