नेपालगञ्ज– बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्।
_x000D__x000D_
तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५६ पुरुष ६ सय २३ र एक आश्रित बालकसहित ६ सय ७९ कैदीबन्दी राखिएको जेलर श्यामलाल लामिछानेले जानकारी दिए।
_x000D__x000D_
उनले चारैतिर बलिया पर्खाल नरहेका, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताए।
_x000D__x000D_
नेपालगञ्ज–१० स्थित सो कारागारको भौतिक अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको छ। स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन्।
_x000D__x000D_
कारागारमा कैदीबन्दीको संख्या बढदै गएको, वरपर अत्यन्तै फोहर र ढल निकासको पर्याप्त व्यवस्था नरहेको बताइएको छ।
_x000D__x000D_
फोहरकै कारण सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ।
_x000D__x000D_
सुरक्षाका लागि कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी छन्।
_x000D__x000D_
जेलर लामिछानेका अनुसार जिल्लाको गनापुरमा आठ बिगाह क्षेत्रफलमा खुला कारागार निर्माणको काम जारी रहेको छ।
_x000D__x000D_
कारागारको ब्यारेकको निर्माण सकिएको र अन्य संरचना निर्माण भइरहेका बताइएको छ।
_x000D__x000D_
उक्त खुला कारागारमा रहने कैदीबन्दी बाहिर काममा जानसक्ने प्रावधान राखिएको छ। बाँकेकै नौवस्तामा पनि १० बिगाह क्षेत्रफलमा तीन हजार कैदीबन्दी अटाउने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ।
_x000D__x000D_
यी दुबै कारागारको निर्माण पाँच वर्षभित्र सक्नुपर्ने सम्झौता गरिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।