काठमाडौं– कपडा उद्योगीले शनिबारदेखि कपडाको उत्पादन र वितरण ठप्प पारेका छन्। सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको साबिकको व्यवस्था खोरेज गरेसँगै उनीहरु आन्दोलित थिए।
_x000D__x000D_
नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले मंसिर ७ गतेसम्म देशभरका कपडा उद्योगको उत्पादन र वितरण बन्द हुने बताए।
_x000D__x000D_
‘अहिले हामीले सांकेतिक रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हौं,’ उनले भने। माग सम्बोधन नभए आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गर्ने चेतावनी उनले दिए।
_x000D__x000D_
व्यवसायीको यो आन्दोलनसँगै देशभरिका २ सय ५० उद्योगको उत्पादन र वितरण ठप्प हुनेछ।
_x000D__x000D_
सरकारले चालू आवको बजेटमार्फत उपभोक्ताबाट संकलन गरिएका भ्याट रकम संकलन गर्ने व्यक्ति आफैंले सोझै फिर्ता लिने साबिकको व्यवस्थालाई खारेज गरेको थियो।
_x000D__x000D_
सरकारले भ्याट फिर्ता गरेसँगै व्यवसायीहरू आन्दोलित हुँदै आएका छन्। सरकारको उक्त निर्णय पुनर्विचार गर्न यसअघि अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र बुझाए पनि माग सुनुवाइ नभएको संघका अध्यक्ष प्रधानले बताए।
_x000D__x000D_
संघले गत १५ कात्तिकसम्म माग सुनुवाइका लागि सरकारलाई अल्टिमेटम दिएको थियो। ‘अहिले हामीले बाध्य भएर कपडा उद्योग बन्द गरेका हौं,’ उनले भने।
_x000D__x000D_
कपडा उद्योगीको यस्तो निर्णयसँगै यसको मारमा कपडा उद्योगमा आश्रित दसौं हजार मजदुर समस्यामा परेका छन्। हाल कपडा उद्योगमा करिब ५० हजार कर्मचारी प्रत्यक्ष रोजगार छन् भने डेढ लाख मानिस त्यसको आम्दानीमा आश्रित छन्।
_x000D__x000D_
ठूलो परिमाणमा सस्तो मूल्यका विदेशी कपडा आयात हुँदा त्यससँग प्रतिस्पर्धा गर्न थप सरकारी सहुलियत आवश्यक पर्नेमा सुविधा खोसिनु विडम्बना भएको उद्योगीको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।