पोखरा– गण्डकी प्रदेश र पोखरा महानगरले संयुक्त रुपमा प्रदेशस्तरीय आयुर्वेदिक औषधालय बनाउने भएका छन्। मंगलबार महानगरका मेयर मानबहादुर जिसी र प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहितको एक टोलीले औषधालय बनाउने स्थानको स्थलगत निरीक्षण गरेको हो।
_x000D__x000D_
पोखरा वडा नम्बर २६ चापाचौरमा रहेको ‘चापाचौर सामुदायिक वन’को नाममा रहेको जग्गामा औषधालय बनाइने भएको हो। औषधालय निर्माणका लागि प्रदेशका मुख्यमन्त्री र सहितको टोलीले स्थलगत निरीक्षण गरको मेयर जिसीले बताए। चापाचौरमा रहेको करीब ४० रोपनी जग्गामा औषधालय बनाउने तयारी रहेको उनले बताए।
_x000D__x000D_
जग्गाको अवलोकनपछि भवन तथा अन्य आधारभूत पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) महानगरले जनाएको छ। जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेपछि औषधालय बनाउने प्रक्रिया सुरु गर्ने प्रदेश सरकारको योजना छ।
_x000D__x000D_
औषधालय निर्माणका लागि प्रदेश सरकार र महानगरले संयुक्त रुपमा लगानी गर्ने सहमति भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।