धनुषा– धनुषामा एक बालिकालाई बलात्कार पश्चात हत्या गरेको आरोपमा दुईजनालाई जेल चलान गरिएको छ।
_x000D__x000D_
जिल्ला अदालत धनुषाको ५ नम्बर इजलासका न्यायाधीश राजेश कटवालको सोमबारको इजलासले घटनामा संलग्न दुई आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
_x000D__x000D_
धनुषाको औरही गाउँपालिका–२ बस्ने १० वर्षीया बालिका मनिका यादवको सामूहिक बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका ३२ वर्षीय विनोद मुखिया र २३ वर्षीय नथुनी पण्डितलाई थुनामा राख्ने आदेश दिएको हो।
_x000D__x000D_
मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाट सम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन्।
_x000D__x000D_
आरोपितले मनिकालाई असोज २६ गते गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभनमा पारी बलात्कार पश्चात हत्या गरेका थिए।
_x000D__x000D_
आरोपित विनोद र नथुनीले मदिरा खाने क्रममा भट्टीमै मेलाबाट बालिकालाई फकाएर बलात्कार गर्ने योजना बनाएका थिए।
_x000D__x000D_
छिमेकी काका नाता पर्ने आरोपित नथुनीले १० रुपैयाँ, चाउमिन, चकलेट लगायतका खानेकुरा दिन्छु भनेपछि मनिका उनीहरूसँग गएका थिइन्।
_x000D__x000D_
मेलाबाट करिब १ किमि पर खेतमा लगेर दुवै जनाले बालिकालाई मुख थुनेर बलात्कार गर्ने क्रममा मनिकाको मृत्यु भएको थियो।
_x000D__x000D_
बालिकाको मृत्यु भए पश्चात दुवै जना मिलेर धानको हिलामो मुख गाडेर भागेका थिए। मनिकाको मृत शरीर भोली पल्ट अपराह्न घरभन्दा सय मिटर पर गाडिएको अवस्थामा फेला परेको थियो।
_x000D__x000D_
बालिका हत्या भएको एक दिनपछि दुवै जना पक्राउ परेका थिए।
_x000D__x000D_
बालिकाको सामूहिक बलात्कार गरी हत्या गरेका अभियुक्तलाई जीवित रहेसम्म कैदको माग सहित आइतबार अदालतमा मुद्दा पेस भएपछि सोमबारको इजलासले दुवै आरोपितलाई थुनामा पठाउने आदेश दिएको हो।
_x000D__x000D_
आरोपित दुवैलाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले जीवित रहेसम्म कैदको मागसहित जिल्ला अदालतमा मुद्दा पेस गरेको छ।
_x000D__x000D_
बलात्कार गरी हत्या गरेको आरोपमा जीवित रहेसम्म कैद हुने नेपालमै पहिलो पटक भएको जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले जनाएको छ।
_x000D__x000D_
मुलुकिय अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ र सोही ऐनको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (१) र (२) को खण्ड (क) मा परिभाषित कसुर अपराध भएको र सो कसुर अपराध सोही ऐनको परिच्छेद ५ को दफा ४१ को खण्ड (क) र (च) परिभाषित भएअनुसार आरोपित दुवैलाई जीवित रहेसम्म कैदको माग गरेको हो।
_x000D__x000D_
ऐनको परिच्छेद ५ को दफा ४१ मा जन्म कैदको खण्ड (क) मा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको र खण्ड(च) मा जवर्जस्ती करणी गरी ज्यान मारेकोलाई जीवित रहेसम्म कैद गर्न सकिने व्यवस्था छ।
_x000D__x000D_
आरोपितहरुले क्रुर व्यहार गर्दै ९ वर्षीया बालिकालाई बलात्कार गरेर घटना लुकाउन हत्या गरेका कारण जीवित रहेसम्म कैद माग गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
_x000D__x000D_
बलात्कृत बालिकाको घटना प्रकृति, स्वास्थ्य परीक्षण, आरोपितले स्वयम् स्वीकारेको प्रमाणले जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धान प्रतिवेदनका आधारमा वकिल कार्यालयले आरोपित दुवैलाई जीवित रहेसम्म कैदको माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।