पोखरा– ‘एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस’ले नेपाल पत्रकार महासंघ कास्की शाखालाई १ लाख २० हजार बराबरकाे कुर्ची सहयोग गरेको छ।
_x000D__x000D_
पोखरा महानगरपालिका–७ माछापुच्छ्रेस्थित महासंघको कार्यालय भवनमा आयोजित एक कार्यक्रममा एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई ६० थान कुर्ची हस्तान्तरण गरे। एक्पर्टका निर्देशक थापाले सामाजिक उत्तरदायित्वअन्तर्गत महासङ्घलाई कुर्ची सहयोग गरेको बताए।
_x000D_
_x000D_पोखरा उपत्यका नगर विकास समितिले उपलब्ध गराएको डेढ रोपनी जग्गामा नेपाल सरकार, स्थानीय तह, विभिन्न सङ्घसंस्था र व्यक्तिको आर्थिक सहयोगबाट महासङ्घले साढे दुई तलाको पक्की भवनसमेत निर्माण गरेको छ।
_x000D__x000D_
उक्त भवनमा २ सय र ५० सिट क्षमताका दुई सभाहल छन्। पत्रकार महासंघ कास्की शाखामा हाल ३२९ सदस्य आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।