सुभा(फिजी)– फिजीको एक उच्च अदालतले मूलुकको मुख्य विपक्षी पार्टीका नेता सिटिभेनी राबुकामाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज गरेको छ। अदालतको आदेससँगै उनलाई आगामी संसदीय चुनाव लड्न पाउने बाटो खुलेको छ।
_x000D__x000D_
सोडेल्पा पार्टीका अध्यक्ष राबुकाले आफूमाथि राजनीतिक प्रेरित भ्रष्टाचार मुद्दा लगाएर चुनावमा उठ्न नदिने षडयन्त्र भएको बताउँदै आएका थिए।
_x000D__x000D_
पूर्व प्रधानमन्त्री समेत रहेका राबुकामाथिको भ्रष्टाचारको मुद्दामा सुभास्थित उच्च अदालतले सफाइ दिएको हो। उनीविरुद्ध फिजी स्वतन्त्र भ्रष्टाचार नियन्त्रण आयोगले मुद्दा चलाएको थियो।
_x000D__x000D_
सोमबार फैसला सुनाउँदै मुख्य न्यायाधीश एन्थोनी गेट्सले राबुकामाथिका आरोपमा तथ्य र प्रमाणको अभाव रहेको बताए। फैसलापछि अदालत परिसर बाहिर भेला भएका सोडेल्पा समर्थकहरु खुसीले नाचगान गरेका थिए। त्यस अवसरमा अध्यक्ष राबुकाले आफ्ना समर्थकहरु सबैलाई धन्यवाद दिए।
_x000D__x000D_
राबुकाको नेतृत्वमा सन् १९८० को दशकमा दुईपटक सत्ता विद्रोह भएको थियो भने सन् १९९२ देखि १९९९ सम्म फिजीको प्रधानमन्त्री भएका थिए।
_x000D__x000D_
उनले सत्तारुढ फिजीफस्र्ट पार्टीलाई चुनौती दिइरहेका छन्। फिजीफस्र्ट पार्टीका नेता प्रधानमन्त्री फ्रान्क बैनीमारामाले सन् २००६ मा रक्तपातविहीन सत्ता विद्रोह गरेका थिए। सन् २०१४ को निर्वाचनमा विजयी हुनुअघि उनले स्वेच्छाचारी रुपमा सरकार सञ्चालन गरेका थिए।
_x000D__x000D_
हालैका सर्वेक्षणमा बैनीमारामाले नै चुनाव जित्ने अनुमान गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।