बनियानी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलमा नयाँ धारको कुरा निराधार भएको बताएका छन्।
_x000D__x000D_
झापाको बिर्तामोडमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उल्लेख गरे। ‘नेकपा ठूलो पार्टी हो, लाखौँ सदस्य र लाखौँ समर्थक छन्’, उनले भने, ‘उहाँहरु सबै अहिले असङ्गठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वाभाविक हो।’
_x000D__x000D_
नेता खनालले स्थायी कमिटीको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बताए। तीनै तहको सरकार मूलुक विकासको मार्गमा अघि बढिरहेको बताउँदै नेता खनालले भने, ‘जनतालाई सन्तुष्टि दिने गरी सरकार तीब्र गतिमा अघि बढ्न आवश्यक छ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।