विराटनगर- नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताएका छन्।
_x000D__x000D_
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।
_x000D__x000D_
नेपाली काँग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसङ्ग उल्लेख गर्दै उपसभापति गच्छदारले हरेक क्रान्ति र आन्दोलन राजनीतिक सहमतिबाट नै टुङ्गिने भएकाले सोहीअनुरुप भएको बताए।
_x000D__x000D_
दुई पार्टीबीच भएको एकता र एकीकरणले नेपाली काँग्रेस पार्टीलाई ठूलो फाइदा भएको शीर्षस्थ नेताहरुले चर्चा गरिरहेको समयमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उपसभापति गच्छदारले विधानको व्याख्या आफ्नो अनुकूल गर्नु गलत भएको बताए।
_x000D__x000D_
नेपाली काँग्रेसका क्रियाशील सदस्यता खारेज गर्ने कि राख्ने विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिँदै उनले कर्मचारीले सङ्घीयताको मर्म नबुझेकाले सङ्घीयता असफल हुने हो कि भनाइ निरर्थक भएको धारणा व्यक्त गरे।
_x000D__x000D_
उपसभापति गच्छदारले सङ्घीयता कर्मचारीले होइन आन्दोलनले ल्याएको स्पष्ट पार्दै प्रतिपक्ष दलको हिसाबले सरकारको हरेक रचनात्मक काममा साथ र सहयोग रहने उल्लेख गरे।
_x000D__x000D_
सत्ता सञ्चालन राजीखुशीभन्दा पनि विधानअनुसार चल्नुपर्ने जिकिर गर्दै कसैको पनि अधिकार कुण्ठित हुन नदिनेतर्फ सरकार चनाखो हुनुपर्ने उनले तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।