उपचारका क्रममा कैदीबन्दीको मृत्यु

नेपाल लाइभ | २०७५ कार्तिक २२ बिहीबार | Thursday, November 08, 2018 ०३:१९:०४ मा प्रकाशित

बनियानी– झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ।

_x000D_ _x000D_

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

_x000D_ _x000D_

उनका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो। 

_x000D_ _x000D_

मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो।

_x000D_ _x000D_

प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो।

_x000D_ _x000D_

उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गर्दै आइरहेको प्रनाउ श्रेष्ठले बताए। रासस