काठमाडौं– प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्री पदबाट केही दिनअघि बर्खास्त गरिएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आरोप लगाएका छन्। उनले मुख्यमन्त्रीले आफूलाई भनेको अक्षमताले कुनै अर्थ नराख्ने दाबी गरे।
_x000D__x000D_
काठमाडौंमा मंगलबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्थापितले मुख्यमन्त्री पौडेलसँग क्याबिनेटमा विवाद भएको बताए। 'संसदमा चाहिँ मारामार हुन्छ, गोदागोद हुन्छ। हामीले हेरेको छैन? मैले आफ्नो तर्क प्रस्तुत गर्न पाउँदिनँ', उनले प्रश्न गरे।
_x000D__x000D_
'मैले भनेँ– तपाईं दलाई लामा बन्न पाउनुहुन्न', स्थापितले भने, 'उहाँले के भनेको हो भनेर टेबल ठटाउनुभयो। मैले पनि ठटाइदिएँ।'
_x000D__x000D_
मुख्यमन्त्रीले तपाईं काम नलाग्ने मान्छे भनेपछि आफूले तपाईंको विवेक प्रयोग गर्नुस्, हटाए हुन्छ, गुनासो छैन भनेको उनले बताए।
_x000D__x000D_
मुख्यमन्त्रीले २० करोड रुपैयाँको गरिबहरुलाई आवास बनाउने विषयमा पनि क्याबिनेटमा विवाद भएको बताए। 'पूर्वाधारको २० करोड रुपैयाँ मुख्यमन्त्रीले कब्जा गर्ने हो? पूर्वाधार भनेपछि पूर्वाधारमा पठाउनुपर्यो। उहाँले त्यो २० करोडमा भर्खर कार्यविधि ल्याउँदै हुनुहुन्छ। उहाँको हकमा भर्खर कार्यविधि ल्याउँदा हुने, केशव स्थापितको हकमा चाहिँ जम्मै कुरा पहिल्यै हुनुपर्ने', उनले प्रश्न गरे।
_x000D__x000D_
मुख्यमन्त्रीले बनाउन लागेको प्रदेशको अवधारणापत्रबारे पनि क्याबिनेटमा निर्णय नभएको स्थापितले बताए। 'तर त्यसको फन्डिङ द एसिया फाउन्डेसनले गरेको छ। त्यसको पेज सर्च गर्नुस्, भारतमा गरेको कुकृत्य सबै छन्। तिनीहरु यहाँ आएका छन्। त्यसको लगानीमा एउटा अफिस खोलिएको छ। भैंसेपाटीमा एउटा भवन छ। त्यहाँ हाम्रो मुख्यमन्त्रीको सयन कक्ष छ। उहाँको आराम गर्ने ठाउँ त्यहाँ हो', स्थापितले आरोप लगाए।
_x000D__x000D_
आफ्नो सुरुदेखिकै विरोध त्यसको पैसा लिने हो भने केन्द्र सरकारको स्विकृति चाहियो भनेको उनले बताए।
_x000D__x000D_
स्थापितले राजधानी तोक्ने विषयमा पनि विवाद रहेको बताए। 'त्यस दिन पनि कुरा भएको र मुख्यमन्त्रीले सार्वजनिक रुपमा भनिआएको कुरा हो, केशव स्थापितले राजधानी सार्न आँट्यो', उनले भने, 'प्रदेशको सार्वभौम अधिकारलाई मुख्यमन्त्री भएँ भन्दैमा सार्न दिन्न भन्न पाइन्छ?'
_x000D__x000D_
मुख्यमन्त्रीले संविधानविपरीत बोलेको प्रदेशसभाको अपमान गरेको स्थापितले आरोप लगाए। उनले आफूले 'सांसद भनेको भेडाबाख्रा हुन्' भन्ने मानसिकताको प्रतिवाद गरेको दाबी गरे।
_x000D__x000D_
त्यस्तै, मुख्यमन्त्रीले आफूलाई जिल्लाजिल्ला घुम्नुभयो, सबैको मन जित्नुभयो, कार्यालयमा किन नबसेको भनेर सोधेको बताए। 'मेरो कामै जिल्ला जिल्ला घुम्ने हो', उनले भने।
_x000D__x000D_
स्थापितले आजसम्म आफू बर्खास्त भएको पत्र नपाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।