काठमाडौं- हास्य कलाकार जितु नेपालको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारणमा आउने भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण युनिटले उक्त कार्यक्रम प्रसारणमा आउन लागेको जानकारी दिएको हो। कलाकार जितु नेपालको कार्यक्रम ‘जिरे खुर्सानीबाट स्थापित नाम ‘मुन्द्रे’बाट नयाँ कार्यक्रमको नाम जुराइएको हो।
_x000D__x000D_
‘मुन्द्रेको कमेडी क्लब’ आउँदो कात्तिक १९ बाट हरेक सोमबार साँझ ८:५० बजे नेपाल टेलिभिजनबाट प्रसारणमा आउने छ। हास्यकलाकारहरु जितु नेपालसहित राजाराम पौड्याल, दिपाश्री निरौलाको समेत उपस्थिति रहने कार्यक्रममा अन्य कलाकारहरु उमेश राई ‘फुलुन्देकी आमा’, राजेन्द्र नेपालीलगायतको अभिनय रहनेछ।
_x000D__x000D_
विभिन्न स्केच कमेडी तथा सेलिब्रिटी टक सोको फरमेट पछ्याउदै नेपालीपनसहितको नयाँ कार्यक्रम दर्शकमाझ ल्याउन लागिएको निमार्ण युनिटले जानकारी दिएको छ।
_x000D__x000D_
विगत लामो समयअघिदेखि टेलिभिजनको पर्दामा ‘जिरे खुर्सानी’, ‘तितो सत्य’ जस्ता हास्यव्यंग्य कार्यक्रम दर्शकबीच लोकप्रिय रहेकाले ती कार्यक्रमको अभाव पूर्ति गर्न पनि ‘मुन्द्रेको कमेडि क्लव’ टेलिभिजनको पर्दामा ल्याइएको कार्यक्रममा कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्।
_x000D__x000D_
_x000D__x000D_
‘टेलिभिजनको पर्दामा हास्न चाहनेहरुलाई लक्षित गरी यो कार्यक्रम बनाएका हौं' निरौलाले भनिन्। विगत केही समययता टेलिभिजनको पर्दामा हास्यव्यंग्य कार्यक्रमको कमी भइरहेका बेला विदेशी कार्यक्रम नक्कल हुन थालेकाले पनि नयाँ कमेडी सो प्रसारणमा ल्याउन प्रयास गरिएको निरौलाको तर्क छ। 'दर्शकले रुचाइदिनु हुन्छ भन्ने आशा समेत राखेका छौं,’ उनले भनिन्।
_x000D__x000D_
कार्यक्रममा बोल्दै जितु नेपालले नेपालीपनको मौलिक कार्यक्रम लिएर आएका बताए। 'यसलाई सम्पूर्ण नेपालीले मायाँ गरिदिनुहुन्छ भन्नेमा पनि हामी पुर्ण विस्वस्त छौं,’ उनले भने, ‘म टेलिभिजनको यात्रापछि केही समय फिल्मतिर व्यस्त हुन पुगें। तर अहिले गाँउघरमा जाँदा टेलिभिजनका दर्शकहरुले हाम्रो माग गरेको पाएँ। फिल्म र युट्युबको दुनियाँभन्दा टेलिभिजनको पर्दामानै रमाउने दर्शकबीच हाम्रो माग अझै पनि रहेकाले सबै नेपालीलाई मनोरञ्जन हुने गरी कार्यक्रम ल्याएका हौं।'
_x000D__x000D_
एक सोका लागि करीब ७ लाख रुपैयाँ खर्च हुने निमार्ण युनिटले जानकारी दिएको छ। कार्यक्रम कहिले र कति भागसम्म दर्शकले हेर्न पाउनेछन् भन्ने कुरा भने खुलाइएको छैन। यस विषयमा कलाकार जितु नेपालले भने, ‘दर्शकको माग, व्यापार र रुचाईका आधारमा कार्यक्रम निमार्ण गरिने हुँदा यसलाई यति नै समयसम्म लाने भन्ने कुरा भविष्यले निधारर्ण गर्छ।’
_x000D__x000D_
सञ्चालक जितु नेपाल 'मुन्द्रे'ले नेपाल लाइभसँग गरेको कुराकानी
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।