पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा शनिबार दिउँसो लिग चरणको अन्तिम खेलमा विराटनगर टाइन्टस चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै थियो।
_x000D__x000D_
राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवनबीचको खेलबाट दोस्रो चरणमा पुग्ने अन्तिम १ टिमको टुंगो लाग्दै थियो। चितवनलाई दोस्रो चरण पुग्न जित आवश्यक थियो। खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको विराटनगर अन्तिम खेलमा जित निकाल्दै आफ्नो शाख जोगाउन चाहान्थ्यो। त्यसैले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको थियो। भयो पनि त्यस्तै।
_x000D__x000D_
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १ सय ४५ रन जोड्दै चितवनसामू बलियो लक्ष्य प्रस्तुत गरेको थियो। विराटनगरका लागि पाकिस्तानका यू-१९ टिमका खेलाडी मोहमद जइद अलामले ५१ तथा सुनील धमलाले ४७ रनको योगदान गरेका थिए।
_x000D__x000D_
_x000D__x000D_
दोस्रो चरणमा पुग्न जित हात पार्नै पर्ने अवस्थामा रहेको चितवनको ब्याटिङमा सुरुवात राम्रो हुन सकेन। विराटनगरका कप्तान सन्दीपले पहिलो बलमै चितवनका ओपनर हरिशंकर साहलाई क्याच आउट गराउदै पेभिलियनको बाटो देखाएका थिए। त्यसपछि ब्याटिङमा कप्तान पारस खड्का आए। तेस्रो ओभरमा कप्तान भर्सेस कप्तानको आमनेसामने भयो। जसमा सन्दीप लामिछाने सफल भए। पहिलो बलमै सन्दीपले पारसलाई बोल्ड गर्दै पेभिलियनको बाटो देखाए। पारसलाई ७ रनमा आउट गरेपछि सन्दीपले ठूलो खुसीयाली मनाएका थिए। उनी खुसी मनाउने क्रममा कुदेर बाउन्ड्री लाइन नजिकै पुगेका थिए।
_x000D__x000D_
_x000D__x000D_
पाँचौ ओभरमा सुनील धमालले अनिलकुमार साहालाई १३ रनमा आउट गरेका थिए। पावर प्लेमा ३ विकेट लिएपछि खेलमा चितवन हाबी बनेको थियो। विराटनगरले लगातार रन रोकेपछि चिनवनलाई जितका लागि अन्तिम २ ओभरमा २६ रनको आवश्यकता थियो। ६ विकेट गुमाइसकेको चितवनका लागि सनी पटेल र सोनु तामाङ ब्याटिङमा थिए। पटेल ३१ रन र तामाङ ६ रन बनाएर खेलिरहेका थिए।
_x000D__x000D_
_x000D__x000D_
दुवै टिमका लागि महत्वपूर्ण मानिएको १९ औं ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछाने आफै बलिङ गर्न आएका थिए। त्यतिबेलासम्म सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ३ ओभरमा ४ विकेट लिइएका थिए। उनले ३ मध्ये १ ओभर मेडन फ्याँक्दा जम्मा ७ रन मात्र खर्चिएका थिए। जसले गर्दा सन्दीप माथि विराटनगरको विश्वास थियो। तर त्यो विश्वासमा चितवनका ब्याट्सम्यान सनी पटेल बाधक बन्ने उतिकै खतरा थियो।
_x000D__x000D_
_x000D__x000D_
१९औं ओभरको पहिलो बलमा सनी पटेलले सन्दीपलाई छक्का प्रहार गरे। दोस्रो बलमा रन नलिएका पटेलले तेस्रो बल लेग वाइमा रन लिँदै सोनु तामाङलाई स्ट्राइकमा पुर्याए। सोनु पनि के कम उनले चौथो बलमा सन्दीपलाई चौका प्रहार गरे। पाँचौ बलमा १ रन लिएपछि फेरि पटेल स्ट्राइमा आए। हावामा बल उडाएका तामाङले यो बलमा जीवनदान पाएका थिए। विराटनगरका दुई फिल्डरबीच सामझदारी नहुँदा बाउन्ड्रीमा क्याच मिस हुन पुगेको थियो। पटलले अन्तिम बलमा अर्को छक्का प्रहार गरेपछि खेल चितवनको पक्षामा पुग्यो। यो ओभरमा सन्दीपले १८ रन खाएका थिए।
_x000D__x000D_
सम्बन्धित समाचार : पिपिएल : पोखरा फाइनलमा प्रवेश, काठमाडौं र चितवन एलिमिनेटरमा
_x000D__x000D_
अन्तिम ओभरमा चितवनलाई ८ रनको आवश्यकता थियो। सन्दीपले तीव्र गतिका बलर किशोर महतोलाई बल थपाए। पहिलो बलमा सोनु तामाङले ब्याट घुमाएपनि बलमा कनेन्ट हुन सकेन। तर पनि तामाङले कुदेर १ रन लिए। दोस्रो बल वाइड भएको थियो। तेस्रो र चौथो बलमा पटेलले लगातार ४ चौका प्रहार गरेपछि खेल चितवनले ४ विकेटले जित्दै दोस्रो चरणमा स्थान पक्का गर्न सफल भयो। पटेलले २४ बलमा समान ४-४ चौका र छक्का प्रहार गर्दै नटआउट ५१ रन जोडे। सोनु तामाङ १० बल खेलेर ११ रनमा नटआउट रहे।
_x000D__x000D_
_x000D__x000D_
खेलपछि सन्दीपले अन्तिम २ ओभरमा राम्रो बलिङ गर्न नसक्दा हार बेहोरेको बताए। 'हामीले चितवनविरुद्ध एकदमै राम्रो सुरुवात गरेका थियौं। तर अन्तिम २ ओभरमा राम्रो बलिङ गर्न नसक्दा पराजित भयौं,' सन्दीपले भने।
_x000D__x000D_
कप्तान पारसले पनि खराब सुरुवात गरेपनि अन्त्यमा खेलमा फर्कन सफल भएको प्रतिक्रिया दिए। उनले सनी पटेलले उत्कृष्ट ब्याटिङ गर्दा चितवनले जित हात पार्न सफल भएको बताए। विराटनगरका कप्तान सन्दीपले पनि पटेलको ब्याटिङको प्रसंशा गरे। सन्दीपविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका सनीले बलर भन्दा पनि बल हेरेर ब्याटिङ गरेको प्रतिक्रिया दिए। उनले भने, 'मैले बलर हेरेर होइन बल हेरेर ब्याटिङ गरेको थिएँ। जहाँ म सफल भए,' पटेलको भनाइ थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।