पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा पल्टन फाइनलमा प्रवेश गरेको छ। लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सिधैं फाइनलमा पुग्ने प्रावधानअनुसार पोखरा फाइनलमा प्रवेश गरेको हो।
_x000D__x000D_
पोखराले ५ खेलमा ३ जितसहित ६ अंक जोड्यो। ६-६ अंक नै जोडेका हुलास काठमाडौं रोयल्स र चितवन राइनोज भने नेट रनरेटमा पछि पारे। जसले गर्दा दुवै टिम इलिमिनेटर खेल्न बाध्य भए। चितवन र काठमाडौंबीच आइतबार इलिमिनेटर खेल हुनेछ। जित हात पार्ने टिमले मंगलबार फाइनलमा पोखरासँग खेल्नेछ।
_x000D__x000D_
यता एक्स्पर्ट धनगढी ब्लुजलाई भने रनरेटले पिडा दिलायो। काठमाडौं र चितवनसँग समान अंक भएपनि धनगढी समूह चरणबाटै बाहिरिन बाध्य भयो। यता २ जित निकालेको बुटवल ब्लास्टर्स र १ मात्र जित हात पारेको विराटनगर भने यसअघि बाहिरिसकेका थिए।
_x000D__x000D_
अंक तालिका
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।