एजेन्सी– चीनमा पछिल्लो समय भारतीय फिल्महरुले राम्रो बजार पाइरहेका छन्। आमिर खान र सलमान खानपछि अब शाहरुख खानले पनि चीनमा डेब्यु गर्ने भएका छन्।
_x000D__x000D_
भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार शाहरुखको अब आउने फिल्म ‘जिरो’ सन् २०१९ मार्च २९ बाट चिनियाँ हलमा प्रदर्शनमा आउने भएको हो।
_x000D__x000D_
करिब २ सय करोड लगानीमा बनेको फिल्ममा उनी फरक भूमिकामा प्रस्तुत भएका छन्। पुड्को 'लभर ब्वाई'का रुपमा देखिएका शाहरुखको अपोजिटमा कट्रिना कैफ र अनुष्का शर्माको अभिनय रहेको छ।
_x000D__x000D_
बलिउडमा डिसेम्बर २१ बाट प्रदर्शनमा आउने ‘जिरो’मा सलमानको पनि अतिथि भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।