काठमाडाैं– नेपाली कांग्रेसको चियापान पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ। आगन्तुकहरुलाई शिर्ष नेताहरुले स्वागत गरिरहेका छन्।
_x000D__x000D_
सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता विजय गच्छदारले मुख्य मञ्चमा स्वागत गरिरहेका छन्।
_x000D__x000D_
पार्टी कार्यालयको पश्चिमबाट प्रवेशद्वार बनाइएको छ। रिङरोडसँगै मुख्य प्रवेश द्वार बनाइएको छ।
_x000D__x000D_
प्रवेशद्वारसँगै कार्यकर्ता, त्यसपछि केन्द्रीय नेता र मुख्य मञ्चमा शीर्ष नेताहरुले स्वागत गरिरहेका छन्।
_x000D__x000D_
_x000D__x000D_
चियाको साथै समोसा, जेरी र नमकिनको पनि व्यवस्था गरिएको छ।
_x000D__x000D_
उच्च पदस्थहरुमध्ये केही अइसकेका छन् भने कतिपय अउने क्रम जारी छ।
_x000D__x000D_
भातृ संगठनका कार्यकर्तालाई स्वयंसेवक खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।