दाङ– जिल्ला प्रहरी कार्यालय दाङले पछिल्लो दुई दिनमा १६ जना जुवाडलाई नियन्त्रणमा लिएको छ।
_x000D__x000D_
शुक्रबार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ उत्तर कपडादेवीमा लक्ष्मण चौधरीको घरमा जुवा चलिरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरीले ९ जना जुवाडे लाई पक्राउ गरेको हो।
_x000D__x000D_
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले ४० हजार १ सय ५५ रुपैयाँ नगद र तीन गड्डी ताससहित पक्राउ गरी बाँकी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
_x000D__x000D_
यसअघि बिहीबार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले घोराही–३ भैसकुरमा शरद थापाको घरमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ३५ हजार सहित ७ जनालाई पक्राउ गरेको थियो।
_x000D__x000D_
त्यस्तै, ईलाका प्रहरी कार्यालय तुलसीपुरले दसैंअघि ४० हजार नगदसहित ५ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्यो।
_x000D__x000D_
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाको निर्देशनमा उनिहरुलाई तुलसीपुर उप–महानगरपालिका वडा नं. ९ बाट पक्राउ गरिएको थियो।
_x000D__x000D_
दसैंको टिकाको दोश्रो दिन तुलसीपुर–६ बाट पुनः २० हजार नगदसहित ५ जनालाई प्रहरीले जुवाको खालबाटै पक्राउ गर्यो। तुलसीपुरमा मात्र होइन घोराहीमा पनि चाडपर्वको नाममा करोडौको जुवा खेल्ने र खेलाउने क्रम चलिरहेको छ।
_x000D__x000D_
दाङको मुख्य बजार घोराहीमा पछिल्लो समय चाडपर्वका नाममा करोडांैको जुवा चलिरहेको छ। जुवाकै कारण कतिपयको घर खेत नै गएको छ भने कतिपय श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेद सम्मको अवस्था पुगेको बताइने गरेको छ।
_x000D__x000D_
घोराही बजारमा घर भाडामा लिएर जुवा खेल्ने र खेलाउने काम हँुदै आएको सुचना प्राप्त भएपनि प्रमाण नभेटिनु मुख्य समस्याका रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णहरी शर्माले बताए।
_x000D__x000D_
केही दिनअघि घोराही–१५ स्थित एक घरमा छापा मार्यो। स्थानीय कांग्रेस नेता भुपबहादुर डाँगीको घरमा गरिएको छापामा केही फेला नपरेपछि सामान्य मुचुल्का बनाएर प्रहरी फर्कियो।
_x000D__x000D_
‘डाँगीको घरमा जुवा खेल्दै आएको भन्ने गोप्य सुचनाका आधारमा छापा मारेका थियौं तर त्यस्तो केही भेटिएन,’ राष्ट्रिय अनुसन्धानका प्रमुख एसपी टेकराज तिमल्सीनाले भने, ‘करिब ३ घण्टा लगाएर खोजतलास गरेपनि जुवा खेलेको प्रमाण भने फेला परेन।’
_x000D__x000D_
यसैबीच प्रहरीले चाडवाडको मौका पारि जुवा खेल्ने ३८ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। असोज पहिलो सातादेखि हालसम्म विभिन्न ५ स्थानवाट ३८लाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
_x000D__x000D_
प्रहरीले उनीहरुको साथबाट ५ लाख २९ हजार ७ सय रुपैयाँ र केही थान तास समेत बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी शर्माले बताए।
_x000D__x000D_
फरक फरक स्थानबाट पक्राउ परेकामध्ये १९ जनालाई नगद ३ लाख २ हजारसहित घोराही क्षेत्र र १९ जनालाई नगद सहित तुलसीपुर क्षेत्रबाट पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ परेका सबैलाई फौजदारी संहिता अन्तरगत मुद्दा चलाइएको एसपी शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।