भद्रपुर– ग्यारेजमा राखिएको मकालु यातायातको बसमा विद्युत चुहावट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
प्रहरीका अनुसार झापाको मेचीनगर–७ इटाभट्टामा काकडभिट्टाबाट बुटवल जाने क्रममा रहेको मे१ख ५२२ नम्बरको मकालु यातायातको बसमा विद्युत चुहावट भई आगलागी भएको हो।
_x000D__x000D_
बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मेचीनगर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्।
_x000D__x000D_
आगलागीबाट गाडी पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।