विराटनगर– अवैध रुपमा भारतको सीमानाका हुँदै मोरङका विभिन्न स्थानबाट भित्र्याइएको करिब २ लाख ६३ हजार मूल्य बराबरको सामान प्रहरीले पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ।
_x000D__x000D_
भारतबाट नेपाल ल्याउँदै गरेको सिटी सफारीको पार्टपूर्जा, कुर्था, टप्स, तिललगायत किराना सामान बरामद भएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
यसैगरी, भारत निकासी हुँदै गरेको ६० लिटर डिजलसहित जहदा गाउँपालिका–१ का २८ वर्षीय सुनिल सरबरियालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
को१४प ७७१० नम्बरको मोटरसाइकल प्रयोग गरी करिब १ लाख २६ हजार मूल्य बराबरको डिजल भारत लाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
_x000D__x000D_
उनलाई डिजलसहित भन्सार कार्यालय रानीमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।