दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा अाइतबार दिउसाे बस दुर्घटनामा भएकाे छ। दुर्घटनामा परि ३२ यात्रु घाइते भएका छन्।
_x000D__x000D_
लमजुङको बेँसीसहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१ नंको बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो।
_x000D__x000D_
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।