काठमाडाैं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसाे २ बजेबाट सुरु भएकाे छ। बैठकमा पार्टी र सरकारकाे कामकाे समीक्षाा तथा जिल्ला कमिटीकाे एकीकरण प्रक्रियासम्बन्धी कार्यसूचीमा गम्भीर छलफल हुने बताइएकाे छ।
_x000D__x000D_
यसअघि अाज बिहान ११ बजेका लागि बोलाइएको बैठक सदस्यहरू समयमै उपस्थित नहुने भएपछि स्थगित गरिएकाे थियाे।
_x000D__x000D_
गत असोज २४ र २७ गते बोलाइएको बैठक पनि बस्न सकेको थिएन। आन्तरिक तयारी नपुगेको तथा दसैंका बेला नेताहरु काठमाडौंमा उपलब्ध हुन नसकेको भन्दै सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।