महोत्तरी– आठ महिने बालिकाको अपहरणपछि हत्याका फरार अभियुक्त भरत साह पक्राउ परेका छन्।
_x000D__x000D_
बालिकाको हत्यापछि फरार रहेका साहलाई शनिबार दिउँसो सुनसरी प्रहरीले भण्टाबारीबाट प्रक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख ईश्वर कार्कीले जानकारी दिए।
_x000D__x000D_
गत भदौ १० गते महोत्तरीका औराही–१ निवासी सन्तोषकुमार चौधरीकी ८ महिने छोरी सोनालीकुमारीको अपहरण भएको थियो। भोलिपल्ट उनको शव भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा फेला परेको थियो।
_x000D__x000D_
सोनालीका बाबु सन्तोष चौधरीले औरही बजारमा सञ्चालन गर्ने फेन्सी तथा किराना पसलबाटै उनको अपहरण भएको थियो। अपहरणकारीले सोनालीलाई पसलबाटै बोकेर लगेको सिसिटिभी भिडियोमा देखिएको थियो।
_x000D__x000D_
भंगाहा सीतापुर-६ जमुनियाका २५ वर्षीय साह भारत छिरेको आशंका गरिए पनि अन्तत पक्राउ परेका हुन्।
_x000D__x000D_
कार्कीलाई महोत्तरी ल्याउने प्रयास भइरहेको जानकारी दिए। 'थप भेरिफिकेसनका लागि थप फोटोहरु पठाएका छौं', उनले भने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।