जेनेभा -मदिरा सेवन गरेर विश्वमा वार्षिक ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।
_x000D__x000D_
विश्व स्वास्थ्य संगठनका अनुसार यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको जनाएको छ। राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ।
_x000D__x000D_
हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार यस तथ्याङ्कमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरुको सङ्ख्या जोडिएको छ। सो प्रतिवेदनमा मृत्यु भएका मध्ये तीन चौथाइ मान्छेको मृत्यु मदिराकै कारण हुनेगरेको पाइएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।