काठमाडौं– असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने दशै पर्व अन्तर्गतको आज विजयादशमी। आजको दिनलाई दसैंको सबैभन्दा मुख्य दिन मानिन्छ।
_x000D__x000D_
आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। आज ९ बजेर ५१ मिनेटको लागि विशेष साइत रहेको बताइएको छ। तर, आजको दिन आफैंमा शुभ रहेकाले जुनसुकै समयमा पनि टीका लगाउन सकिन्छ।
_x000D__x000D_
आज मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद लिने चलन छ। साथै, घटस्थापनाको दिन राखिएको जमरा लगाइदिने चलन छ। जमरालाई समृद्धिको प्रतीक रुपमा प्रयोग गरिन्छ।
_x000D_घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा आजकै दिन विसर्जन गरेपछि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन छ।
_x000D__x000D_
विजयादशमीमा गरिने पूजा विधिबारे पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा माधव भट्टराई यसो भन्छन्:
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।