राजविराज– सप्तरीको कञ्चनपुर–फत्तेपुर सडकखण्डमा आइतबार मोटरसाइकलले साइकललाई ठक्कर दिंदा साइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अवस्था गम्भीर छ।
_x000D__x000D_
कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको स८प ६१३२ नम्बरको मोटरसाइकलले विपरीत दिशामा जाँदै गरेको साइकललाई सप्तकोशी नगरपालिका वडा नं. ४ मा ठक्कर दिएको थियो।
_x000D__x000D_
ठक्करबाट साइकल चालक सप्तकोशी नगरपालिका– ७ का २५ वर्षीय किसुन सदा र मोटरसाइकल चालक वडा नं. ८ का ३० वर्षीय बिकी झा गम्भीर घाइते भएका थिए।
_x000D__x000D_
दुवैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा किसुनदेवको उपचारकै क्रममा राति करिब १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
_x000D__x000D_
मोटरसाइकल चालक झाको उपचार भइरहेको र अवस्था गम्भीर रहेको इन्स्पेक्टर प्रतीक विष्टले जानकारी दिएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।