दाङ– तीन दिनदेखि बेपत्ता भएका लमहीका एक युवकको शव भेटिएको छ।
_x000D__x000D_
राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमही नगरपालिका–३, बनगाउँका २२ वर्षीय बामदेव घिमिरेको शव राजपुर गाउँपालिका–२ मा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।
_x000D__x000D_
लमही–६ मध्यनगर घाटमा नुहाउने क्रममा डुबेर उनी बेपत्ता भएका थिए। शव बेपत्ता भएको स्थानबाट करिब साढे दुई किलोमिटर तल भेटिएको लमहीका प्रहरी निरिक्षक अरुण कुमार सिंहले जनकारी दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।