सप्तरी– प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छन्।
_x000D__x000D_
सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन्।
_x000D__x000D_
नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारीरिक यातना दिने गरेकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको साहले बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।