काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन्।
_x000D__x000D_
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले सञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन चाहेको पनि स्पष्ट पारे।
_x000D__x000D_
शनिबार प्रदेश ५ पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको दसैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरेको दाबी पनि गरे। उनले ठूलाठूला मिडिया हाउसका कारण पनि नेपाली सञ्चार क्षेत्र मारमा पर्ने गरेको तर्क गरे।
_x000D__x000D_
परराष्ट्रमन्त्री ज्ञवालीले संविधानले पत्रकारहरुको हक, हितका लागि आवश्यक व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान सञ्चार माध्यमहरु पनि सचेत हुनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।