एजेन्सी- बलिउड फिल्म निर्माता तथा निर्देशक सुवास घईमाथि बलात्कारको आरोप लागेको छ। बलिउड उद्योगमा यौन दुर्व्यवहार र हिंसाका घटनाहरु एक पछि अर्को गर्दै बाहिर आइरहेका बेला निर्माता घईमाथि पनि यस्तो आरोप लागेको हो।
_x000D__x000D_
भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार घई माथि परिचय नखुलाइएकी एक महिलाले यस्तो आरोप लगाएकी हन्। ती महिलालाई एक होटलमा लगेर घईले याैन दुर्व्यवहार गरेकाे अाराेप लागेको बताइएकाे छ। तर ती आरोप सरासर झुट भएको भन्दै घईले बलिउड उद्योगमा यौनहिंसाको आरोप लगाउनु फेसन नै बनेको बताएका छन्।
_x000D__x000D_
घईको यस किसिमको हर्कत लेखक महिमा कुकरेजाले बाहिर ल्याएकी हुन्। उनले पीडित महिलाले आफूसँग सबैकुरा सेयर गरेको भन्दै सामाजिक सञ्जालमा घईको विरुद्धमा महिला हिंसाका कुरा खुलाएकी हुन्।
_x000D__x000D_
कुकरेजाका अनुसार घईले आफ्नै कम्पनिमा कार्यरत एक महिलामाथि याैन दुर्व्यवहार गरेका थिए। 'कार्यालय समयमा कामले गर्दा ती महिलालाई अबेरसम्म बस्नु पर्ने हुन्थ्यो। यही मौकामा घई महिलासँग नजिकिए। समय-समयमा घईले महिललााई घरसम्म पनि छोड्ने गरेका थिए। तर एक दिन घईले महिलालाई बीच बाटोमा मादक पदार्थ सेवन गर्न आग्रह गरे। मादक पदार्थले लट्ठीएपछि होटलमा लगेर महिलासँग अभ्रद्र व्यवहार गरे।' कुकरेजाले उल्लेख गरेकी छन्।
_x000D__x000D_
तर महिलाको आरोप खण्डन गर्दै घइले सबैकुरा गलत भएको बताए। सञ्चारमाध्यमसँग दुखः व्यक्त गर्दै उनले भने, ‘जसरी यस किसिमका आरोप सञ्चारमाध्ययमा आए, यी सबै बिषय मैले सुनिसकें। यो धेरै नै दुखद् पक्ष हो। किनकि, कुनै सत्यता र प्रमाण बिना नै व्यक्तिलाई यस किसिमको आरोप लागउनु फेसन जस्तै बनिरहेको छ। यी सबै आरोपको म पूर्ण खण्डन गर्छु।’
_x000D__x000D_
महिलाहरुका पक्षमा बोल्दै उनले भनेका छन्,‘प्रायः म कार्यक्षेत्रमा महिलाहरुको इज्जत र सम्मान गर्ने गर्दछु। यदि ती महिलाले यस्तो आरोप लागाउँछिन् नै भने उनले अदालतमा गएर सबै कुराको प्रमाण पुर्याउन सक्नु पर्दछ। यो मेरो स्थापित करियरमा नोक्सान पुर्याउने प्रयास हो।’
_x000D__x000D_
आफ्नो मानहानी भएको सन्दर्भ उल्लेख गर्दै घइले ती महिला विरुद्धमा अदालतमा मानहानीको मुद्धा लिएर जाने पनि प्रष्ट्याएका छन्।
_x000D__x000D_
बलिउडमा विगत केही हप्तादेखि याैन दुर्व्यवहारका घटना दिनानुदिन पर्दाफास भइरहका छन्। अभिनेत्री तनुश्रीले नाना पाटेकरमाथि प्रहरीमा उजुरी दिएपश्चात् यो क्रम बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।