काठमाडौं– महोत्तरीमा ८ महिने बालिका चोरी गरी हत्या गरेको डेढ महिना नाघिसक्दा समेत हत्यारा पक्राउ पर्न सकेका छैनन्। बालिका चोरी गरेको सिसीटिभी फुटेजमा प्रष्ट देखिए पनि प्रहरीले हत्यारालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैनन्।
_x000D__x000D_
गएको भदौ ११ गते आइतबार जनैपूर्णिमाको दिन महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली करिब साढे ६ बजेतिर आफ्नै पसलबाट हराएकी थिइन्।
_x000D_खोजी गर्दा बच्चा नभेटिएपछि राति ९ बजे बच्चा हराएको प्रहरीलाई जानकारी गराइएको थियो।
_x000D__x000D_
भोलिपल्ट मृत अवस्थामा सोनाली औरही–८ स्थित जंगलमा भेटिएकी थिइन्। पसलबाट १ किलोमिटर पूर्वमा आँप बगैंचामा उनको शव भेटिएको महोत्तरीका एसपी ईश्वर कार्कीले बताएका थिए। बालिकाको शरीरमा चोटपटक देखिएकाले थप आशंका उब्जिएको भन्दै बालिकको शव पोष्टमार्टम गरिएको थियो।
_x000D__x000D_
बालिकाको यौनांग र मलद्वारमा गहिरो चोट रहेको पाइएकाले बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको हो। शरीरको अन्य भागमा समेत निलडाम रहेकाले बलात्कार हो वा चोटपटकबाट मृत्यु भएको हो भन्नसक्ने अवस्था थिएन। ‘फरेन्सिक ल्याब’को रिपोर्टबाट पनि बच्चाको योनीमा चोट लागेको पुष्टि भएको थियो।
_x000D__x000D_
८ महिने बालिकाको चोरी गरेर हत्या हुनु गम्भीर भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
_x000D__x000D_
प्रहरीले सिसीटिभी फुटेजमा बच्चा बोकेर हिँडेको दृश्यसमेत फेला पारको थियो। सिसीटिभी फुटेजमा महोत्तरीकै तत्कालीन हात्तिसर्वा गाविसका २५ वर्षीय भरत साहलाई पसल अगाडिबाट बच्चा बोकेर हिँडेको देखिएको पत्ता लागेको थियो। तर, अहिलेसम्म पनि साहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
_x000D__x000D_
यसबारे महोत्तरीका एसपी इश्वर कार्की भन्छन्, ‘साहको खोजी तीब्र रुपमा गरिरहेका छौं। सीमा नाकादेखि आसपासका प्रहरी कार्यालयलाई समेत साहको हुलियासहितको पmोटो पठाएर देखेमा पक्राउ गर्न सूचना दिइएको छ। तर, अहिलेसम्म पक्राउ गर्न सकिएको छैन।’
_x000D__x000D_

_x000D__x000D_
अाराेपी भरत साहकाे नागरिकता
_x000D__x000D_
_x000D_
एसपी कार्कीले हत्या गरी फरार भएका साहको खोजी गर्न अहिले पनि व्यापक प्रहरी परिचालन गरिएको बताए।
_x000D__x000D_
प्रहरीले घटना भएलगत्तै स्थानीय बासिन्दाको सहयोगमा स्थानीय बस्तीहरु र जंगलसमेतमा खोजी गरेको थियो। तर, अहिलेस्म्म उनी फेला नपरेकाले सीमा नाका पार गरेर भारत पसेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
_x000D__x000D_
टोपी किन्ने निहुँ गर्दै चोरेका थिए साहले बच्चा
_x000D__x000D_
बच्चा चोरिएको दिन जनैपूर्णिमा थियो। त्यस दिन साहले कपाल खौरेका थिए। कपाल खौरेपछि टोपी किन्न उनी एउटा पसलमा गएका थिए। पसलेले आफ्नोमा टोपी नभएको, सन्तोषको पसलमा होला भन्दै नजिकैको किराना पसलतर्फ देखाएका थिए।
_x000D__x000D_
त्यसपछि साह सन्तोषको पसलमा गए। परिचितजस्तै गरी पसलमा बसेकी सन्तोषकी श्रीमतीलाई उनले सन्तोष खोई भन्दै सोधका थिए। नामै लिएर बोलाएपछि सन्तोषकी श्रीमतीले साहलाई श्रीमानको साथी होला भन्ने विश्वास गरेकी थिइन्। टोपी किन्न गएका साह पसल अगाडिको खाटमा बसे। पसलमा मान्छेको चहलपहल पनि बाक्लै थियो। त्यही मौका छोप्दै आँगनमा खेलिरहेकी सन्तोषकी ८ महिने छोरीलाई साहले बोकेर हिँडेका थिए।
_x000D__x000D_
साहले सन्तोषकी छोरी सोनाली बोकेर हिँडेको दृश्य सिसीटिभी फुटेजमा समेत कैद भएको छ। पछि छोरी सोनाली नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।
_x000D__x000D_
को हुन् ८ महिने बच्चाको हत्या गर्ने भरत साह?
_x000D_
_x000D_साह केही समयअघि मात्रै सिरहा कारागारबाट छुटेका कैदी हुन्। कारागारबाट छुटे पनि उनको बानी भने सुध्रिएको थिएन। उनी घरकै सामान तथा पैसासमेत बाँकी राख्दैनथे। चोरेर हैरान पारेका कारण उनका परिवारका सदस्यहरु पनि उनीबाट आजित थिए। बन्द घर तथा मान्छे नभएको मौका पारेर चोरी गर्नु उनको बानी थियो। भरतलाई चिन्नेहरु उनलाई देख्नासाथ सतर्क हुन्थे।
_x000D__x000D_
पछिल्लो समय उनले चोरेरै आफ्नो जिविका चलाउँदै आएका थिए। साहले बेलाबेलामा मस्तिष्कले काम नगरेकोजस्तो व्यवहार पनि देखाउने गरेको परिवारिक स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।