काठमाडौं- अभिनेत्री झरना थापाको निर्देशनमा निर्माण भइरहेको दास्रो फिल्म ‘ए मेरो हजुर-३’को पहिलो पोस्टर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक उक्त पाेस्टरमा अभिनेता अनमोल केसी र सुहाना थापा प्रेमिल भावमा प्रस्तुत भएका छन्।
_x000D__x000D_
सुनिलकुमार थापाको निर्देशनमा निर्माण भइरहेको फिल्ममा थापा र सुमन पौडेलेका लेखन छ। अभिनेत्री झरना थापा र निर्देशक सुनीलकुमार थापा श्रीमान् श्रमती हुन्। थापा दम्पतिकी छोरी सुहानाको डेब्यु अभिनय रहेको फिल्म सांगीतिक प्रेमकथामा अाधारित चलचित्रमा सुहाना र अनमोल केसीको अनस्क्रिन रोमान्स देख्न सकिने छ।
_x000D__x000D_
आउदो चैत २९ गतेका लागि प्रदर्शन मिति तय भएको फिल्ममा सुहाना र अनमोलका साथै सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।